विभाजनतर्फ बढेका पाइलाहरु...[तस्बिरहरु]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि एमाले र जसपा औपचारिक रुपमा विभाजित भएका छन् । अध्यादेशले दल विभाजनका लागि बाटो खोलेपछि बुधबार एमाले र जसपाका नेताहरू नयाँ दल दर्ताको निवेदन दिन निर्वाचन आयोग पुगेका थिए । आयोग परिसरमा प्रस्तावित एमाले (समाजवादी) र जसपा नेपाल (लोकतान्त्रिक)का नेताहरू इकान्तिपुरकर्मी कविन अधिकारीको क्यामेरामा यसरी कदै भए ।


प्रकाशित : भाद्र २, २०७८ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्

चल्न थाले लामो दूरीका सवारी [तस्बिरहरू]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — सरकारले मध्यम तथा लामो दूरीका सवारी साधनसमेत सञ्चालन गर्ने निर्णय गरेपछि लामो दूरीका सवारी साधन छिटफुट रुपमा चल्न थालेका छन् । सरकारको निर्णयसँगै स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सबै सवारी सञ्चालन गर्न पाइने भएको हो । शनिबार काठमाडौंका बसपार्कमा उपत्यकाबाट बाहिरिने यात्रुहरु कमै भेटिए । उपत्यकाबाट जानेभन्दा आउने यात्रुहरु धेरै भएकाले यहाँका बसपार्क सुनसान देखिएको यातायात व्यवसायीहरुले बताएका छन् ।

नेपाल सरकार (मन्त्रिपरिषद)को यही साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले यातायात व्यवसायीलाई अनुरोध गरेको थियो । काठमाडौं प्रशासनले शुक्रबार विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को निर्णयानुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थी आउने तथा सर्वसाधारणको आवतजावतसमेतलाई सहज बनाउन यातायतका साधन सञ्चालन गर्न अनुरोध गरिएको छ । प्रशासन कार्यालयले अनिवार्यरुपमा टिकट काटेर मात्रै यात्रा गर्न पनि अनुरोध गरेको छ । सरकारले सवारीसाधन र यात्रुहरुलाई स्वास्थय सुरक्षा मापदण्डको पूर्ण कार्यान्वयन गर्न पनि भनेको छ ।


प्रकाशित : श्रावण ९, २०७८ ११:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×