कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फूलको अवैध आयात रोक्‍न व्यवसायी सडकमा [तस्बिरहरु]

शब्द/तस्बिर: संजोग मानन्धर

काठमाडौँ — अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य वस्तुहरु आयात गर्ने काम रोक्न नसकेको भन्दै पुष्प व्यवसायीहरुले सरकारको विरोधमा र्‍याली निकालेका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघको आह्वानमा व्यवसायीहरुले बुधबार ललितपुरको मानभवनमा र्‍यालीसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले तत्काल माग सम्बोधन गर्न सरकारसँग माग गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापन पत्रमा अवैध ढंगले करछली गरेर नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुहरु आयात गर्नेहरुमाथि कडा कारबाही गर्न पनि माग गरिएको एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । उनले कोरोनाका कारण थला परेको नेपालको पुष्प व्यवसायलाई सरकारले बेवास्ता गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

स्वदेशी पुष्प व्यवसायको विकास र प्रवर्द्धनका लागि ठोस योजना ल्याउन नसकेको, भारतलगायतका मुलुकबाट आयातित अवैध पुष्प व्यापारलाई नियन्त्रण गर्न सरकारले नसकेकोमा पुष्प व्यवसायीहरुको आक्रोश छ ।


प्रकाशित : श्रावण २०, २०७८ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्