३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

शब्द/तस्बिर: संजोग मानन्धर

शब्द/तस्बिर: संजोग मानन्धरका लेखहरु :

सेतो मच्छिन्द्रनाथको स्नान [तस्बिरहरु]

काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथ मूर्तिको स्नान बिहीबार सम्पन्न भएको छ । मच्छिन्द्रनाथको मूल देवतालाई मन्दिरबाट बाहिर निकालेर डबलीमा राखिन्छ र मन्दिरका मूल पुजारीले विध्नबाधा नहोस् भनी धार्मिक विधिपूर्वक पूजापाठ गरेपछि मूर्तिलाई लगाइ दिएका कपडा फुकालिन्छ । त्यसपछि शोभाभगवतीमा रहेको निर्मल तीर्थबाट ल्याएको जलले स्नान गराउने परम्परा छ ।

'नक्कली शरणार्थी काण्ड सक्कली तरिकाले छानबिन होस्'

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपीहरू पक्राउ परिरहेका बेला नागरिक समाजका अगुवाहरूले सरकारलाई दबाब स्वरुप प्रदर्शन गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणसहित यसअघिका सबै भ्रष्टाचार काण्डको छानबिन गरी कारबाही अगाडि बढाउनुपर्ने उनीहरूको माग छ ।

जेलिएको राजधानी

काठमाडौं उपत्यकामा विद्युत् प्राधिकरणले तार भूमिगत गरिरहेको छ । टेलिफोनका तार पनि भूमिगत छन् । तर, जति भूमिगत भए पनि फोन, केबुल टेलिभिजन र इन्टरनेटका तारको जन्जाल दृश्यबाट हटिसकेको छैन । सहरका धेरै ठाउँमा तारमाथि तार छन् । जति केबुल र इन्टरनेट सेवा प्रदायक छन्, कम्पनीपिच्छे छुट्टाछुट्टै तार पोलहरुमा थपिएका छन् । त्यसमाथि चोक–चोकमा सीसीटीभी क्यामरा जोडिएका छन्, त्यसको पनि तार थपिएको छ ।

भैरवको रथ तान्दै सुरु भयो बिस्का जात्रा

भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक बिस्का (बिस्केट) जात्रा सुरु भएको छ । सोमबार बिहान भैरवको पूजासँगै सुरु भएको जात्रामा सहभागीहरूले साँझ भैरवको रथ तानेका छन् । चैत्र २७ देखि वैशाख ५ गतेसम्म धूमधाम मनाइने यो जात्राका लागि आइतबार नै सद्भाव र्‍याली तथा जनचेतना कार्यक्रम गरिएको थियो ।

मिटरब्याजपीडितको प्रदर्शनमा धरपकड

काठमाडौंमा आन्दोलनरत मिटरब्याजपीडितहरूको प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ । शुक्रबार दिउँसो सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका पीडितहरूलाई प्रहरीले पक्राउ गरेको हो । न्याय नपाएसम्म नफर्किने भन्दै मधेसका विभिन्न २० जिल्लाबाट आएका मिटरब्याज पीडितहरू निरन्तर धर्ना र प्रदर्शनमा छन् ।

३ सय वर्ष पुरानो सिन्ह जात्रा

नेवार समुदायमा लोकप्रिय सिन्ह जात्रा (सिन्दुर जात्रा) शुक्रबार धुमधाम साथ मनाइएको छ । काठमाडौंको चाबहिलमा शुक्रबार यो जात्रा मनाउन वृद्धहरूसँगै ठूलो संख्यामा युवायुवती र किशोर किशोरीहरू पनि सहभागी थिए । यसलाई चन्द्रविनायक जात्रा पनि भनिन्छ ।

गोदावरीमा नमुना मतदान [तस्बिरहरु]

प्रतिधिनिसभा र प्रदेशसभा निर्वाचन आउन दुई सातामात्रै बाँकी रहँदा ललितपुरको गोदावरी नगरपालिका कुसुलेचौरमा नमुना मतदान गरिएको छ । गोदावरीको वडा नम्बर ११ मा आइतबार नमुना मतदान आयोजना गरिएको हो । स्थानीयले मतदानमा भाग लिए ।

काठमाडौंमा आदिवासी जनजातिको सांस्कृतिक र्‍याली

नेपालका आदिवासी जनजातिहरुले मंगलबार २८ औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् । काठमाडौंमा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा प्रज्ञा भवन कमलादीमा औपचारिक कार्यक्रम आयोजना गरिएको छ । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी छन् । औपचारिक कार्यक्रमअघि मध्याह्न महासंघ सम्बद्ध तामाङ, मगर, नेवार, गुरुङ, थारु, राई, लिम्बु, शेर्पालगायत जातीय संघ संस्थाले भृकुटीमण्डपबाट सांस्कृतिक र्‍याली निकालेका थिए । हरेक वर्ष अंग्रेजी पात्रोअनुसार अगस्ट ९ तारिख विश्व आदिवासी दिवस मनाउने गरिन्छ ।

'सीसीटीभी फुटेज खै, राजीनामा कहिले ?'

अर्थमन्त्री जनार्दन शर्माविरुद्ध युवा संघले प्रदर्शन गरेको छ । अर्थमन्त्री शर्माले बिचौलियाको सहयोगमा बजेट निर्माण गरेको भन्दै प्रदर्शनकारीले उनको राजीनामा माग गरेका छन् ।

पोखरीमा गहना खोज्ने जात्रा [फोटोफिचर]

काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा हरेक वर्ष मनाइने 'गहना खोज्ने जात्रा' यस वर्ष पनि धुमधाम साथ मनाइयो । ऐतिहासिक महत्त्वको यस जात्रा नेवार समुदायमा लोकप्रिय छ ।