कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कमलाको बाढीमा दाउरा संकलन गर्नेहरु

सन्तोष सिंह

(कमला, धनुषा) — सिरहाको सिमाना कमला नदीमा बाढीले आसपासको बस्तीमा जोखिम बढेको छ । पानीको सतह बढ्दा बाँध नै खतरामा परेको छ । बाढीले एक साता अघि नव निर्मित पुल बगाएको छ । नदीमा पानीको सतह बढ्दै गएपछि जंगल क्षेत्रबाट बगाएर ल्याएको दाउरा संकलन गर्नेको भने भिड लागेको छ ।

दाउराको चुल्होमा खाना पकाउने गरिब बस्ती बासिन्दाहरु आवश्यक दाउराको जोहो गर्नका लागि ज्यान जोखिममा राखेर कमला नदीमा दाउरा संकलन गरिरहेका छन् ।

गरिब, दलित बस्तीका महिला र बालबालिका दैनिक काम छोडेर यति बेला बाढीमा दाउरा संकलन गर्न व्यस्त छन् । लाठिको साहरामा बाढीबाट संकलन गरिएको दाउरा तटीय क्षेत्रमा जम्मा गरी टायर गडा, साइकल र टाउको ओसार्न गरिब बस्तीलाई भ्याइनभ्याइ भएको छ ।


प्रकाशित : असार २०, २०७८ १२:०७

प्रतिक्रिया
पठाउनुहोस्