कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता हामीलाई उत्कृष्ट लागेका सात तस्बिरहरु । संक्रमणमुक्त भएपछि कीर्तिपुरको आयुर्वेदिक अस्पताल आइसोलेसन सेन्टर छाड्नुअघि शुक्रबार स्वास्थ्यकर्मीसँग खेल्दै बाल मन्दिरका बालबालिका । तस्बिर : इलिट जोशी

विभिन्न जिल्लाबाट राजधानीमा बसोबास गर्दै आएका निम्न आय भएका दृष्टिविहीन परिवारले राहत र स्वास्थ्य सामग्री पाएपछि फर्कँदै । तस्बिर : केशव थापा

सगरमाथा आरोहणको क्रममा मृत्यु भएका अमेरिकी नागरिक पुवेइ लिउको शव काठमााडौको टिचिङ अस्पतालमा हेलिकप्टरबाट अवतरण गराइदै । तस्बिर : बिजु महर्जन, कान्तिपुर

मनोहरा खोला किनारस्थित चाागु नारायण नगरपालिका र कागेस्वरी मनोहरा नगरपालिका क्षेत्रमा धान रोप्दै किसानहरु । तस्बिर : अंगद ढकाल

ललितपुरको बङलामुखीस्थित गर्मी छल्न ढुङे धारामा नुहाउँदै बालक । तस्बिर इलिट जोशी

बाराको महागढीमाई नगरपालिका–८ बबुआईनमा वर्षाको पानीमा डुबेको मकैको घोघा टिप्दै किसान । तस्बिर :लक्ष्मी शाह /बारा

टेकु स्थित फोहरमैला व्यवस्थापन केन्द्रमा विद्युत सर्ट भएर आगलागी भएपछि नियन्त्रणमा लिने प्रयास गर्दै अग्नी नियन्त्रक । तस्बिर : सन्जोग मानन्धर


प्रकाशित : जेष्ठ २२, २०७८ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्