कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'जनताले ज्यान जोगाउने कि मत खसाउने ?' भन्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तबरले प्रतिनिधिसभा विघटन गरेको, कोभिड १९ नियन्त्रण गर्न नसकेको भन्दै नागरिक अगुवाहरुले बिहीबार पनि प्रदर्शन गरेका छन् ।

नागरिक समाजको अगुवाईमा साँझ माइतीघर मण्डलामा भेला हुँदै उनीहरुले प्लेकार्ड, ब्यानरसहित टर्च लाइट बालेर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । सहभागीले 'खोप, भेन्टिलेटर र अक्सिजन चाहियो मतपत्र होइन, जनताले ज्यान जोगाउने कि मत खसाउने', 'निषेधाज्ञा अति भो, लोकतन्त्रलाई खति भो' लगायत नारा लेखिएका व्यानर र प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरे । बुधबार पनि बृहत् नागरिक आन्दोलनले कीर्तिपुरस्थित गणतन्त्र चोकमा प्रदर्शन गरेको थियो । जेठ ८ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा दोस्रोपटक भंग गरेपछि विभिन्‍न राजनीतिक दल, नागरिक समाज र अन्य सरोकारवाला संघ संस्था आन्दोलनमा छन् ।

प्रकाशित : जेष्ठ १३, २०७८ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्