कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता हामीलाई उत्कृष्ट लागेका सात तस्बिरहरु ।कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै गएपछि पशुपति आर्यघाटसँगै वाग्मती नदीको किनारमा शव जलाइदै । संक्रमणबाट मृत्यु हुनेको संख्या बढेसँगै नदी किनारमा शव जलाउन थालिएको हो । तस्बिर : हेमन्त श्रेष्ठ

भक्तपुर चाँगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिङ कलेजमा बनाइएको एक सय शय्याको आइसोलेसन सेन्टर । त्यहाँ बिरामीलाई आवश्यक पर्ने साबुन,स्यानिटाइजर,टावेल, टुथपेस्टलगायतका सबै सामाग्री राखिएको छ । तस्बिरः अंगद ढकाल

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले गरेको निषेधाज्ञामा सवारी अत्याधिक चलेपछि जडिबुटीमा सुरक्षाकर्मीहरुले पास जाँच गर्दा जाममा परेको एम्बुलेन्स । तस्बिर :हेमन्त श्रेष्ठ

वीर अस्पतालमा इमर्जेन्सी र कोभिड संक्रमणका बिरामीको उपचारका लागि ६ महिना सेवा करारमा कर्मचारी माग गरेपछि शुक्रबार आवेदन दिनेहरुको भिड । तस्बिर : केशव थापा

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना संक्रमित बिरामीलाई इमर्जेन्सीमा सारिँदै । तस्बिरः इलिट जोशी

ललितपुरको पुलचोकस्थित रातो मछिन्द्रनाथको रथमा पांग्रा लगाउँदै गुठीका सदस्यहरु । तस्बिर : बिजु महर्जन

बेनी–जोमसोम ७६ किमी सडकको तेस्रो प्याकेज अन्तर्गत मुस्ताङको कोवाङदेखि तल कैकुखोलासम्मको १६ किमी क्षेत्रमा कालोपत्रे गरिँदै । तस्बिर सौजन्य : राजन न्यौपाने, जगुरमुखी कन्ट्रक्सन ।


प्रकाशित : वैशाख २५, २०७८ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्