कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विशेष अधिवेशनअघि सांसदहरूको पीसीआर परीक्षण थालियो [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — प्रतिनिधिसभाको विशेष अधिवेशन नजिकिँदै गर्दा सहभागी हुने सांसदहरूको पीसीआर परीक्षण गर्न थालिएको छ । कोरोना संक्रमण दिनहुँ बढिरहँदा बुधबार संसद् सचिवालयले संसद् बैठकमा सहभागी हुने नेताहरूसँगै पत्रकारहरूको पीसीआर जाँचका लागि स्वाब संकलन सुरु गरेको हो ।

बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बुधबार बिहानसम्म सभामुख अग्नि सापकोटा, एमाले नेता माधवकुमार नेपाल, योगेश भट्टराईलगायतले स्वाब नमुना दिएका छन् ।

मन्त्रिपरिषद्को गत आइतबारको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । आइतबारकै मन्त्रिपरिषद् बैठकमा उनले संसद्‌मा विश्वासको मत लिने जानकारी गराएका थिए ।


प्रकाशित : वैशाख २२, २०७८ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्

भक्तपुरमा कलेजमा बनाइयो १०० बेडको आइसोलेसन सेन्टर

तस्बिर : अंगद ढकाल

काठमाडौँ — भक्तपुर चाँगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिङ्ग कलेजमा १०० बेडको आइसोलेसन सेन्टर बनाइएको छ । काठमाडौं उपत्यकासहित देशभर कोरोना भाइरस संक्रमित बढ्दै गएपछि कलेजले सामाजिक उत्तरदायित्व पूरा गर्न भन्दै १०० बेड आइसोलेसन सेन्टर बनाएको हो ।

कलेजका कर्मचारीका अनुसार अहिले एउटा हलमा ४३ बेड राखिएको छ भने बाँकी ५७ बेड तयारी अवस्थामा छ । आइसोलेसन बेडमा बिरामीलाई आहिने सबै सानीटाइजर, साबुन, टावेल, टुथपेस्टलगायत सबै सामाग्री राखिएको छ । स्थानीय सरकारको र कलेजको सहयोगमा आइसोलेसन सेन्टर बनाइएको हो ।


प्रकाशित : वैशाख १८, २०७८ २०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×