भक्तपुरमा कलेजमा बनाइयो १०० बेडको आइसोलेसन सेन्टर [तस्बिरहरु]

शब्द/ तस्बिर : अंगद ढकाल

भक्तपुर — भक्तपुर चाँगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिङ्ग कलेजमा १०० बेडको आइसोलेसन सेन्टर बनाइएको छ । काठमाडौं उपत्यकासहित देशभर कोरोना भाइरस संक्रमित बढ्दै गएपछि कलेजले सामाजिक उत्तरदायित्व पूरा गर्न भन्दै १०० बेड आइसोलेसन सेन्टर बनाएको हो । कलेजका कर्मचारीका अनुसार अहिले एउटा हलमा ४३ बेड राखिएको छ भने बाँकी ५७ बेड तयारी अवस्थामा छ । आइसोलेसन बेडमा बिरामीलाई आहिने सबै सानीटाइजर, साबुन, टावेल, टुथपेस्टलगायत सबै सामाग्री राखिएको छ । स्थानीय सरकारको र कलेजको सहयोगमा आइसोलेसन सेन्टर बनाइएको हो ।


प्रकाशित : वैशाख १८, २०७८ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्

काभ्रेमा कोरोनाबाट थप २ को मृत्यु, थपिए ९७ संक्रमित

नगेन्द्र अधिकारी

काभ्रे — कोरोना संक्रमण पुष्टि भएका थप दुई जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । ज्वरो, रुघाखोकी लगायतका समस्याका कारण शुक्रबार धुलिखेल अस्पताल भर्ना भएका चौरीदेउराली गाउँपालिका –३ का ७० वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको हो । मृतक साविक माझीफेदा गाविसका पूर्वअध्यक्ष समेत हुन् । 

निमोनिया र मुटुसम्बन्धी समस्या भएर शुक्रबार धुलिखेल अस्पताल आएका सिन्धुपाल्चोक, कुविण्डेका ३७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका इमर्जेन्सी विभाग प्रमुख समेत रहेका कोरोना समन्वयकर्ता डा. सानुकृष्ण श्रेष्ठले जानकारी दिए । चार वर्षअघि मुटुको भल्भ फेरिएको परिवारले जानकारी दिएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि मृत्यु भएको यो तेस्रो घटना हो । यसअघि काभ्रेमा ६५ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

यता, शनिबार मात्रै काभ्रेमा ९७ जना कोरोना संक्रमित थपिएका छन् । बनेपा–१३ स्थित स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रका ९ जना बिरामी तथा तिनका कुरुवालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको आशंकामा परीक्षण गरिएका ११ स्वाबमध्ये ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार संक्रमण पुष्टि हुने स्वास्थ्यकर्मी, जनप्रतिनिधि समेत छन् ।

प्रकाशित : वैशाख १८, २०७८ १७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×