कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाशिवरात्रीको अघिल्लो दिन पशुपति [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — हिन्दूहरुले विभिन्न शिव मन्दिरहरुमा रहेका आफ्ना आराध्य देवाधिदेव महादेवको आराधना, भजन किर्तन, पूजा, होम रातभर जाग्राम बसेर बिहीवार महाशिवरात्रि पर्व मनाउँदै छन् । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी श्री शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने हिन्दूहरुको परम्परा छ । यस रातलाई उनीहरु मानवआत्माले मोक्ष प्राप्त गरेको रातको रुपमा लिने गर्दछन् ।

मनिसहरुले जानेर वा नजानेर शिवरात्रिको ब्रतसम्पन्न गरेमा पनि मुक्ति प्रदान गर्दछ भनेर पुराणमा वर्णन गरेको पाइँछ । ईशान संहितामा वणिर्त भएअनुसार शिवरात्रिको ब्रत सबै मानिसहरु बस्न सकिन्छ र यहांसम्म की यस दिन ब्रत बसेका कारणले चाण्डालपर्यंतलाई पापमुक्त गरी आनन्द र मुक्त प्रदान गरेको भन्ने उल्लेख भएको पाइन्छ ।

भगवान शिको उत्पत्ति फाल्गुन कृष्णचतुर्दशी कै दिनमा भएको हो । महाप्रलयहुंदा जसै सम्पूर्ण पदार्थ विनष्ट भएको थियो । भगवान शंकरले ताण्डवनृत्य गर्नुका साथै आफ्ना डमरुको निनादले सम्पूर्ण वायुमण्डलमा ज्ञान-विज्ञानलाई सूक्ष्म सूत्ररुपले ब्याप्त गरेका थिए भनिन्छ, त्यस वेलादेखि नै महाशिवरात्रिको महात्म्य आजसम्म सुरक्षित चल्दै आएको विश्वास गरिएको छ ।

बिहीबार परेको महाशिवरात्रीको लागि पशुपति क्षेत्रमा विभिन्न ठाउँबाट साधुहरु आउने क्रम जारी छ । शिवरात्रीको लागि भारतबाट समेत सयौं साधुहरु पशुपति आउने गर्छन् । पशुपतिमा आइपुगेका साधुहरुले शिवरात्रीको लागि आआफ्नै किसिमले तयारी थालेका छन् ।


प्रकाशित : फाल्गुन २६, २०७७ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्