कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे नेताहरू [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — संघीय संसद्‌अन्तर्गतको प्रतिनिधिसभाको बैठक केहीबेरपछि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (आइतबार) का लागि फागुन १४ गते संसद् अधिवेशन आह्वान गरेकी थिइन् । बैठकमा सहभागी हुन प्रधानमन्त्री, मन्त्रीहरु र विभिन्न दलका नेता तथा सांसदहरु संसद् भवन पुगेका छन् ।

पुन:स्थापित प्रतिनिधिसभाको पहिलो बैठक भएकाले आज संसद् भवन परिसरको माहोल रौनकता थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेका थिए । सर्वोच्चले ती मुद्दाहरूमाथि सुनुवाइ गर्दै फागुन ११ गते प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक भन्दै प्रतिनिधिसभा पुन:स्थापना गरेको थियो ।

सर्वोच्चले १३ दिनभित्र बैठक बस्ने गरी व्यवस्था गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरेको थियो । सोही बमोजिम मन्त्रिपरिषद्ले संघीय संसद् अधिवेशन आह्वान गर्न सिफारिस गरेपछि राष्ट्रपतिले बैठक आह्वान गरेकी थिइन् । प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुखले राष्ट्रपतिद्वारा अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, प्रधानमन्त्री र गृहमन्त्रीले विभिन्‍न अध्यादेशहरु पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने रहेका छन् ।


प्रकाशित : फाल्गुन २३, २०७७ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्