प्रधानमन्त्री ओलीले गरे चिडियाखाना अवलोकन (तस्बिरहरु)

तस्बिर : इलिट जोशी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली ललितपुरस्थित सदर चिडियाखाना अवलोकन गरेका छन् । बुधबार चिडियाखानाको रजत जयन्ती तथा विश्ववन्यजन्तु दिवसको अवसर पारेर आयोजित कार्यक्रममा सहभागी हुन उनी चिडियाखाना गएका थिए । सो अवसरमा उनले चिडियाखानामा राखिएका वन्यजन्तुहरुको अवलोकन तथा जानकारी लिएका थिए ।


प्रकाशित : फाल्गुन १९, २०७७ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्

नेकपा विवादबारे छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानुन र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् । 

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले बुधबार संयुक्त विज्ञप्ति प्रकाशन गरी उक्त सुझाव दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, 'राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको भनी निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नले हामीलाई गम्भिर बनाएको छ ।'

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद हालसम्म नटुङ्गिएको स्थितिमा उनीहरुको यो प्रतिक्रिया आएको छ । आयोग अनिर्णयको बन्दी हुँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचार गरी चाँडो निर्णय दिन उनहरुले अनुरोध गरेका हुन् ।

प्रकाशित : फाल्गुन १९, २०७७ १९:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×