कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टुटल र पठाओको विरोधमा ट्याक्सी व्यवसायीको प्रदर्शन [तस्बिरहरु]

बन्दमा ट्याक्सी तोडफोड भएको भन्दै क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न पनि माग
तस्बिर : केशव थापा

काठमाडौँ — गैरकानुनी रुपमा टुटल र पठाओ सञ्चालन गरेको भन्दै शनिबार काठमाडौंमा ट्याक्सी व्यवसायीहरुले प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले माइतीघरमा प्रदर्शन गर्दै निजी सवारी साधनले भाडा लिई यात्रु ओसारपसार गरेको भन्दै त्यसलाई तत्काल बन्द गराउन माग गरेको छ ।

यस्तै,उनीहरुले माघ २२ गते नेकपाको दाहाल-नेपाल समूहले गरेको बन्दमा ट्याक्सी तोडफोड भएको भन्दै त्यसको क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न पनि माग गरेका छन् । उनीहरुले कुनै पनि बन्दको नाममा सार्वजनिक यातायातका साधानमाथि तोडफोड र आगजनी बन्द गर्न पनि राजनीतिक दलहरुलाई सचेत गराएका छन् ।


प्रकाशित : माघ २४, २०७७ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्