कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री ओलीको पुत्ला दहन (तस्बिरहरु)

तस्बिर : अंगद ढकाल, संजोग मानन्धर

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरुद्धमा आन्दोलनरत अनेरास्ववियूले बिहीबार प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ । पुस २१ गतेदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेको अनेरास्ववियू आबद्ध विद्यार्थीहरुले बिहीबार काठमाडौं उपत्यकाका प्रदर्शनीमार्गको आरआर क्याम्पस, मिनभवनमा रहेको नेपाल कमर्स क्याम्पससहित देशभर ओलीको पुत्ला दहन गरेका हुन् । पुत्ला दहनका क्रममा प्रहरीले खोस्ने प्रयास गरेको थियो ।

बुधबार पनि उपत्यकामा लाल्टिन जुलुस निकालिएको थियो भने उपत्यकाबाहिर सिटी जुलुस आयोजना गरिएको थियो । पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गराइदिएपछि विद्यार्थी र नेकपा (दाहाल-नेपाल) समूह, प्रमुख प्रतिपक्षी कांग्रेस, जनता समाजवादी पार्टीलगायत दलहरु आन्दोलन सञ्‍चालन गरिरहेका छन् । उनीहरुले ओलीको असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही प्रवृत्तिविरुद्ध आन्दोलन गर्नुपरेको बताएका छन् । यद्यपि संसद् विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ ।


प्रकाशित : पुस २३, २०७७ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्

संसद विघटन असंवैधानिक कदम होइन : बस्‍नेत

हरि गौतम

रुकुम पश्चिम — नेकपा ओली पक्षीय केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्रीको कदम संवैधानिक भएको दाबी गरेका छन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध भ्रम फैलाइएको भन्दै उनले संविधानमै भएको व्यवस्थाअनुसार संसद विघटन भएको बताए । 

नेकपाको रुकुम पश्चिममा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले संसद विघटनलाई आश्चर्यजनक घटना मान्न नहुने तर्क गर । ‘५ वर्ष कार्यकाल भएको संविधानसभा ४ वर्षमा विघटन भएको हो,’ उनले भने, ‘५ वर्ष कार्यकाल रहेको यो संसद ३ वर्षमा विघटन भयो यसैले यो आश्चर्यको विषय नै होइन ।’ ५ वर्षमा आफैं सकिनुपर्ने संसद ३ वर्षमा सक्नुलाई अनौठो मानिएको भन्दै उनले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले निर्वाचनका लागि संसद विघटन भएको जिकिर गरे ।

प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले पार्टी फुटाएको भन्दै नेता बस्नेतले कार्यकर्ताहरुलाई केही माछा मरेकामा चिन्ता नगर्न आग्रह गरे । ‘खोला सुकेपछि चिन्ता गर्नुपर्ने हो, खोला बगिरहेको छ, खोलामा अरु माछा आउँछन् मरेका माछाप्रति हामीले चिन्ता गर्नहुन्न,’ उनले भने ।

प्रकाशित : पुस २३, २०७७ १६:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×