कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई पांग्रेको सवारी, दुईजना नै भारी !

कविन अधिकारी, दीपक केसी

काठमाडौँ — सरकारले लकडाउन खुकुलो बनाउँदै मोटरसाइकल चलाउन दिने भएपछि राजधानीबासीलाई सन्तोषको सास फेरे । मध्ययम र निम्न मध्यम वर्गको सबभन्दा प्रिय सवारी साधन मोटरसाइकल सडकमा चलाउन पाउनु भनेको सहर चलायमान हुनु हो । काठमाडौंका सडकलाई आफ्नो कब्जामा लिएर कुद्ने मोटरसाइकललाई खुला गरे पनि सरकारले एउटा ब्रेक भने आफ्नै हातमा लियो- दुई पांग्रेमा दुईजना चढ्न नपाउने !

यो नियम खासमा आँखामा हेर्न पाउने तर एउटामात्रै भनेजस्तो थियो । किनभने, युरोप अमेरिकातिरजस्तो मोटरसाइकल नेपालमा सोखको सवारी होइन, जो एकैजनाले बत्ताउँछन् । बरु यो त परिवारका सदस्य, साथीसंगी र सहकर्मीहरुलाई समेत बोकेर हिँड्ने यातायातको भरपर्दो सवारीसाधन हो । ट्राफिक जामले हैरान पार्ने बिग्रिएका सडक भएको राजधानीमा मोटरसाइकल व्यक्गितग सवारी होइन, पारिवारिक सम्पति हो । 

सरकारले लकडाउन खुकुलो बनाउने निर्णयसँगै चार पांग्रेलाई जोर बिजोरको नियम लगायो । मोटरसाइकललाई जोरबिजोर लागु हुँदैन । तर, गाडीमा चारजना र बाइकमा एकजनाको नियमले धेरैको सवारी रोकिदियो । शुक्रबार राजधानीका सडकमा ट्राफिक प्रहरीहरु दुईजना सवार मोटरसाइकललाई रोक्ने मान्छे ओराल्दै गरेका देखिए । 

प्रकाशित : जेष्ठ ३०, २०७७ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्