६ वर्षपछि मनाङमा हवाइजहाज

लालप्रसाद शर्मा, आश गुरुङ

हुम्डे (मनाङ) — पक्की धावनमार्ग बनेसँगै बन्द हुम्डे विमानस्थलमा ६ वर्षपछि शुक्रबार उडान सेवा सुरु भएको छ । गण्डकी प्रदेश सरकारको पहलमा समिट एयरले उडान भरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, मनाङका संघीय सांसद पोल्देन छोपाङ गुरुङ, प्रमुख सचिव हरिप्रसाद बस्याल, प्रदेश प्रहरी प्रमुख डिआइजी बिनोद शर्मा घिमिरेलगायत १५ यात्रु पोखरा विमानस्थलबाट हुम्डे पुगेका थिए ।

ZenTravel


प्रकाशित : भाद्र २७, २०७६ १४:३९

मन्त्री लम्सालले नियमित उडानकालागि शुक्रबार परीक्षण गरिएको बताए । अन्तराष्ट्रिय पर्यटन दिवसको दिन असोज १० बाट नियमित उडानको तयारी गरिएको उनले जानकारी दिए । हवाई उडानसँगै पर्यटनसँगको सहकार्यमा मनै छुने मनाङ प्याकेज पनि बनाउन लागिएको उनको भनाइ थियो ।

२०७० देखि बन्द विमानस्थल सञ्चालनमा सफल भएको छ । ‘यसको निरन्तरताको लागि प्रदेश सरकार योजना बनाएको छ,’ उनले भने, ‘एक वर्षअघिको योजना आज सफल भएको छ । विमानस्थल सञ्चालनसँगै आवश्यक अन्य पूर्वाधार पनि बनाउने सरकारको योजना छ ।’ उनले गण्डकी प्रदेशको राजधानी पोखराबाट सातै प्रदेशमा सिधा हवाइ सम्पर्क गर्ने योजना रहेको सुनाए ।

Meroghar

नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष ०६९/७० मा ९ करोड रुपैयाँ खर्च गरेर यसअघिको ६ सय मिटरको धुले धावनमार्गलाई विस्तार गरी ९ सय मिटर ल्यापटप (कालोपत्रे) गरेको थियो । त्यतिबेला तत्कालीन मन्त्री तथा प्राधिकरणका अधिकारीहरु चढेर मंसिरमा धावनमार्गमा हवाइजहाज परीक्षण गरिएको थियो । त्यसयता कुनै पनि जहाज मनाङ आएको छैन । कालोपत्रे भएको २ बर्षपछि तारा एयरको डोर्नियर जहाजले परीक्षण उडान गरेपनि निरन्तरता दिन सकेन । १ वर्षअघि एउटा ट्वीनअटर जहाजले चार्डर उडान भरेको थियो । पछिल्लो समय असार २० गते र त्यसअघि पुस २४ गते जहाज उडाउने तयारी गरिएको थियो । तर, सफल हुन सकेको थिएन ।

धावनमार्ग विस्तार र कालोपत्रे हुनुअघि साताको २ पटक उडान हुन्थ्यो । त्यतिनै समय मनाङसम्म सडकको ट्रयाक खुलेपछि हवाईजहाजले उडान नगरेको स्थानीयको भनाइ छ । मनाङमा नेपाल वायु सेवा निगमको ट्वीनअटर जहाजले मात्रै उडान भर्दै आएको थियो । नागरिक उड्डयन प्राधिकरणका प्रवन्धक एटीसी (एयर ट्राफिक कन्ट्रोलर) सूर्यबहादुर खत्रीका अनुसार हिमपात र पानी परेको समय मनाङको आकासमा उडान भर्न सकिँदैन । ‘अहिले पनि मौसम सफा नहुँदा उडान भर्न गाह्रो छ । निकै सतर्कमा रहेर उडान गर्नुपर्ने हुन्छ’ उनले भने ।

पोखरा-मनाङ वा मनाङ-पोखरा हुँदा करीब २५ मिनेट लाग्छ । ३ हजार ३ सय ३० मीटर (११ हजार १ सय ४५ फिट) उचाइको हुम्डे विमानस्थलमा २०३९ साल असोजबाट उडान सुरु गरिएको थियो ।मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनाङको पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । आन्तरिक पर्यटक, कर्मचारी र जनप्रतिनिधिमात्रै आए पनि जहाज उडान नियमित हुने उनको भनाइ थियो । ‘बाहिरका पर्यटकसँगमात्र भर पर्नु भएन,’ उनले भने, ‘जिल्लाका सबै स्थानीय तह सहकार्य गर्नुस् । सरकार सहयोग गर्न तयार छ ।’ उडान नियमित गराउन सुरुका दिनमा प्रदेश सरकारले अनुदानसमेत दिन तयार रहेको उनले बताए ।

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नेपालगन्जमा कोइरालामाथि भएको आक्रमण सुनियोजित हो : कांग्रेस प्रवक्ता शर्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बिहीबार बाँकेको सीतापुरमा भएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको कांग्रेस पार्टीले बताएको छ । 

पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएकी जिल्ला सभापति किरण कोइराला लगायतका कांग्रेस कार्यकर्तामाथि नेकपाका कार्यकर्ताहरुको समूहले आक्रमण गरेर घाइते बनाएको दाबी गरेका छन्।

'सभाहल भित्रै प्रवेश गरेर हातपात हुँदा र सभाहल बाहिर ५०/६० जना जम्मा भएर नाराबाजी गर्दा समेत सुरक्षा निकायले वास्ता नगर्नाले यो घटना सुनियोजित छ भन्ने देखाउँछ,' उनले भने, 'कांग्रेसको दोस्रो चरणको कार्यक्रममा जनताको बढ्दो सहभागिता देखेर नेकपाका कार्यकर्ताहरु आत्तिएका छन्।'

आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ। नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा उहाँको उपचार गरिएको थियो। सो अस्पतालका चिकित्सक डा. विनोद थापाका अनुसार सभापति कोइरालाको हातको नाडीदेखि माथिको हड्डी भाँच्चिएकाले प्लाष्टर गरिएको छ।

नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले भने घटनाको खण्डन गरेका छन्।

गृहमन्त्री शुक्रबार राज्यव्यवस्था समितिको बैठकमा बोल्दै घटना संलग्न जो कोही भए पनि कारवाही गरिने जानकारी दिएका थिए।

कांग्रेसले घटनाको विरोधमा काठमाडौं, ललितपुर र भक्तपुरका नेपाली कांग्रेस जिल्ला सभापतिहरूको अगुवाइमा गृहमन्त्री मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने, बाँकेमा विरोध प्रदर्शन गरेर स्थानीय प्रशासनलाई लिखित जाहेरी बुझाउने र शनिबार माइतिघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने कार्यक्रम समेत तय गरेको छ ।

प्रकाशित : भाद्र २७, २०७६ १४:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×