आश गुरुङ

६ वर्षपछि मनाङमा हवाइजहाज

पक्की धावनमार्ग बनेसँगै बन्द हुम्डे विमानस्थलमा ६ वर्षपछि शुक्रबार उडान सेवा सुरु भएको छ । गण्डकी प्रदेश सरकारको पहलमा समिट एयरले उडान भरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, मनाङका संघीय सांसद पोल्देन छोपाङ गुरुङ, प्रमुख सचिव हरिप्रसाद बस्याल, प्रदेश प्रहरी प्रमुख डिआइजी बिनोद शर्मा घिमिरेलगायत १५ यात्रु पोखरा विमानस्थलबाट हुम्डे पुगेका थिए ।

नारफूको सडक सपना

गाउँबाट दुई दिनको पैदल छिचोलेपछि मात्रै तेन्जिङ पासाङ लामा मोटर चढ्न पाइने ठाउँ पुग्छन् । बाटो बिग्रिए मोटर सजिलै बेंसीसहर पुग्ने/नपुग्ने टुंगो हुन्न । लामालाई मात्रै होइन, सिंगो फू र नार गाउँवासीको समस्या यही हो ।

गाउँ सहर सफाइ

गाउँमा फोहोर हुँदै गएपछि बेंसीसहर नगरपालिका–३ गाउँसहर थुम्काडाँडाका कथित दलित समुदाय यसको व्यवस्थापनमा जुटेका छन् ।

अमेरिकीले बनाएको होमस्टे उत्कृष्ट

एक अमेरिकी नागरिकको पहलमा निर्माण गरिएको लमजुङको राइनासकोट सामुदायिक होमस्टे यस वर्ष उत्कृष्ट घोषित भएको छ । २०७२ वैशाख १२ को भूकम्पमा परेर घरहरू भत्किएपछि अमेरिकी नागरिक नताशा वजनाइक को सहयोगमा राइनासकोटका १४ घर पुनर्निर्माण गरिएको थियो ।

सानो असावधानीले ठूलो क्षति

दोर्दीखोलामा ४ वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । यीमध्येको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा साउन ८ गतेको बाढीले धनजनको क्षति पुर्‍यायो । 

आश गुरुङका लेखहरु :

पहाडको बाढीमा पनि परे तराईवासी

बाराको जितपुर सिमरा उपमहानगरपालिका २४ का ३५ वर्षीय सैयद अन्सारी लमजुङको दोर्दीखोलामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ मा फर्मासेटिङको काम गर्थे ।

दोर्दीखोलामा २ शव फेला

लमजुङको पूर्वी क्षेत्रमा पर्ने दोर्दी खोलामा बुधबार दिउँसो एक्कासी आएको बाढीले धनजनको क्षति पुर्‍याएको छ । नदी उर्लिएपछि दोर्दी गाउँपालिका–६ ढोडेनी क्षेत्रमा निर्माणाधीन जलविद्युत आयोजनाका मजदुरका साथै अन्यको भागाभाग भएको स्थानीयले बताएका छन् ।

बजेट न काम

सुविधासम्पन्न तीनतले भवन । जिल्लामै पहिलो पटक वातावरणमैत्री घोषणा भएको जिल्ला समन्वय समितिको कार्यालय । । भवनमा कति कर्मचारी होलान् ? संघीयता अघि ३१ दरबन्दी थियो । अहिले एक जना मात्रै छन् । जिल्ला समन्वय अधिकारी फणीन्द्र दाहालले कार्यालय धानिरहेका छन् ।

घोडा नचढे जरिवाना

माथिल्लो मनाङमा मोटरबाटो नपुग्दासम्म स्थानीयको सवारीसाधन घोडा थियो । बाटो बिस्तार सुरु भएयता मनाङीले घोडा बेच्दै मोटरसाइकल किन्न थाले । यसको असर मनाङ गाउँ र टंकीले मिलेर मनाउने परम्परागत यार्तुङ पर्वमा पर्‍यो । घोडा दौड गरेर मनाइने यो पर्वका सहभागी घटे ।