गलबन्दी र पछ्यौरी 'च्यात्ने' यी जोडी

तस्बिर : हेमन्त श्रेष्ठ, विमल खतिवडा

काठमाडौँ — लोकदोहोरी गायक प्रकाश सपुत र गायिका शान्तीश्री परियारको स्वर रहेको 'गलबन्दी च्यातियो...' गीत अहिले दशर्क/श्रोतामाझ लोकप्रिय बनेको छ । युट्युव भ्युअर्स करोड नाघेको छ । टिकटकमा पनि यही गीत हिट छ । ‘गलबन्दी च्यातियो...’ जब जेठ ११ मा रिलिज भयो । तब सामाजिक सञ्जालहरुमा भाइरल बन्न पुग्यो । तस्बिरमा हेरौं यी दुई जोडी ।

टिकटकमा गलबन्दी बेरेर भिडियो क्लिप्स बनाउंदै अपलोड गर्नेको जमात ठूलो छ । गीत मात्र होइन, गायकद्वय दर्शकस्रोतामाझ भाइरल बने । जोडीलाई अहिले स्टेज कार्यक्रममा उपस्थिती जनाउन र सञ्चार माध्यममा अन्तवार्ता दिन भ्याइनभ्याइ छ ।


प्रकाशित : जेष्ठ ३१, २०७६ १३:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पप्पुलाई कारबाही गर्न निर्देशन 

विमल खतिवडा

काठमाडौँ — संसदको विकास तथा प्रविध समितिले गुणस्तर नपुर्‍याइ काम गर्ने र त्यसको जवाफदेहीता समेत नलिने निर्माण व्यवसायी पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न गर्न निर्देशन दिएको छ । काम अघि नबढाउन निर्देशन दिँदादिँदै पनि अटेर गरि निर्माण अघि बढाउने उक्त कन्स्ट्रक्सनलाई कारवाही गर्न सुझाव दिएको समिति सभापति कल्याणीकुमारी खड्काले बताइन । 

अरनिको राजमार्ग अर्न्तगत तीनकुनेस्थित वागमती नदीमा निर्माणाधीन पुलमा समस्या देखिएपछि समितिले ०७६ जेठ २ गते स्थलगत अवलोकन गरेको थियो । अनुगमनका क्रममा पुलको ३ वटा पाइल्समा गम्भीर त्रुटी देखिएपछि काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई फाउन्डेसनमा रहेको पाइल्सको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन दिएको थियो ।
तर व्यवसायीले उक्त निर्देशनको पालना नगरी पुलको सव-स्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेको पाइएको समितिले जनाएको छ । उक्त पुलको ठेक्का ०७५ असार ५ गते निर्माण सम्पन्न गर्ने गरी ०७१ पुष ४ गते ठेक्का भएको थियो । २१ करोड ३३ हजारमा ठेक्का भएको उक्त पुलको अझै निर्माण सम्पन्न हुन सकेका छैन । पुलको ठेक्का उपत्यका सडक विस्तार आयोजनाले गरेको हो ।

पढ्नुहोस् समितिले तयार पारेको प्रतिवेदन :

प्रकाशित : जेष्ठ ३१, २०७६ १२:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×