काठमाडौंका दुई स्थानमा भएको विस्फोटपछिका तस्बिरहरु

तस्बिर : कविन अधिकारी, तस्बिर : केशव थापा

काठमाडौँ — काठमाडौंमा आइतबार अपरान्ह बम विस्फोटन हुँदा ३ जनाको मृत्यु भएको छ । सिलिन्डर बम विस्फोटन हुँदा सुकेधारामा २ र अनामनगरमा १ गरी ३ जनाको मृत्यु भएको हो । घटनास्थलमा नेपाली सेना, प्रहरी, स्थानीयको भीड लागेको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ । विस्फोटनपछिका तस्बिरहरु ।


प्रकाशित : जेष्ठ १२, २०७६ १७:४९

प्रतिक्रिया
पठाउनुहोस्

प्रहरी उच्च स्रोतले भन्यो- 'विस्फोटनमा मृत्यु हुने विप्लव कार्यकर्ता हुनसक्छन्'

जनकराज सापकाेटा

काठमाडौँ — काठमाडौंमा ग्यास विस्फोटनमा मृत्यु हुनेहरु नेत्रविक्रम चन्द समूहका कार्यकर्ता भएको प्रहरीले आशंका गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार सोमबारका लागि आह्वान गरिएको नेपाल बन्दमा विस्फोट गराउन सिलिण्डर बम बनाउँदै गर्दा विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । विस्फोटन भएका स्थानमा चन्द नेतृत्वको नेकपाको पर्चासमेत भेटिएको प्रहरीले दाबी गरेको छ ।

घटनास्थलहरुमा प्रहरीले अनुसन्धान जारी राखेका छन्।आइतबार अपराह्न ग्यास विस्फोटनमा परी सुकेधारामा दुई र अनामनगरमा १ जनाको ज्यान गएको छ।

सरकारले आफ्ना कार्यकर्तामाथि दमन गरेको भन्दै चन्द समूहले भोलि सोमबारका लागि बन्द आह्वान गरेको छ।

प्रकाशित : जेष्ठ १२, २०७६ १७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्