कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटै मञ्चमा ५ पेशाकर्मी पुरस्कृत 

कान्तिपुर संवाददाता

काठमाडौँ — राजधानीमा आयोजित कार्यक्रममा विभिन्न पेशामा आबद्ध पाँच जना पुरस्कृत भएका छन् । 

एउटै मञ्चमा ५ पेशाकर्मी पुरस्कृत 

पुरस्कृत भएकामा पत्रकार वैद्यनाथ यादवलाई ‘रेखा यादव स्मृति पत्रकारिता पुरस्कार’, मैथिली युवा गायक ज्ञानेन्द्र यादव(ज्ञानु)लाई ‘गांगोदेवी स्मृति गायन पुरस्कार’, अधिवक्ता मोहन राय यादवलाई ‘गंगाराम यादव स्मृति कानुन व्यवसायी पुरस्कार’, कृषक ब्रह्मदेव रायलाई ‘भोलाराय यादव स्मृति कृषक पुरस्कार’ र एसियाली एथ्लेटिक्समा स्वर्ण पदक विजेता अजिककुमार यादवलाई ‘राजेश्वरीदेवी राय स्मृति खेलकूद पुस्कार’ प्रदान गरिएको छ ।


कार्यक्रमका प्रमुख अतिथि तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पुस्कृत भएकाहरुलाई नगद तथा प्रशस्तीपत्र प्रदान गरे ।


विभिन्न व्यक्तित्वहरुको प्रायोजनमा नेपाल यादव सेवा समितिले वर्षेनी पृरस्कृत हुनेलाई जनही ५/५ हजार नगद र प्रशस्ती प्रदान गर्दै आएको छ । समितिको साधारण सभाले भूवनेश्वर यादवको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।


उपाध्यक्षमा योगनारायण राय, महासचिवमा महेश्वर यादव, सचिवमा कपिलप्रसाद रोहिता र कोषाध्यक्षमा श्यामसुन्दर यादव चयन भएको जारी विज्ञप्तिमा छ ।

प्रकाशित : आश्विन १२, २०७६ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?