सेल्फी किबोर्ड

हेलो टेक
कान्तिपुर संवाददाता

यसपालि आयोजना भएको प्रविधि प्रदर्शन ‘कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सीईएस) मा सामसङले रिसर्च प्रोजेक्टका रूपमा एउटा नयाँ प्रविधि प्रदर्शन गर्‍यो  । सामसङअन्तर्गत अनुसन्धान गर्ने निकाय सामसङ सी–ल्याबले तयार पारेको एउटा भर्चुअल किबोर्डले धेरैको ध्यान खिच्यो  ।

सेल्फी किबोर्ड नाम दिइएको यो प्रविधिले भौतिक किबोर्डबिना नै जहाँ बसेर पनि टाइप गर्न मिल्छ । अगाडि स्मार्टफोन राखेर किबोर्ड मोडलमा राखेपछि उसैले प्रयोगकर्तालाई किबोर्ड स्मार्टफोनको स्क्रिनमा देखाउँछ र प्रयोगकर्ताले भौतिक किबोर्डमा जस्तै टेबलमा टाइप गर्दै आफूले चाहेको कुरा लेख्न सक्छन् । अनुसन्धानका क्रममा भए पनि यो प्रविधि भविष्यमा निकै उपयोगी हुन सक्छ ।

प्रकाशित : माघ ३, २०७६ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्

अब ग्यालेक्सी एस ट्वान्टी

हेलो टेक
कान्तिपुर संवाददाता

सामसङले आफ्नो ग्यालेक्सी एस सिरिजको स्मार्टफोनमध्ये एस टेन अघिल्लो वर्ष सार्वजनिक गरेको थियो  । धेरैको अनुमान छ, उसले यो सिरिजको आगामी स्मार्टफोनको नाम ग्यालेक्सी एस इलेभेन राख्नेछ  ।

तर, लिक भएको डिजाइनले भने यो स्मार्टफोनको नाम ग्यालेक्सी एस ट्वान्टी रहने देखाएको छ ।
सामसङले नाममा आकर्षण थप्न वा अंग्रेजी वर्षअनुसार मोडलको नाम दिन यो उपाय अपनाएको हुन सक्छ । लिक भएको फोटोमा स्मार्टफोनको पछिल्लो भागमा चार वटा क्यामेरा देखिएका छन् भने अघिल्लो भागमा स्क्रिनमै सेल्फी क्यामेरा छ । कम्पनीले आगामी फेब्रुअरी दोस्रो साता स्मार्टफोन सार्वजनिक गर्दै छ ।

प्रकाशित : माघ ३, २०७६ १३:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×