
सामसङले आफ्नो ग्यालेक्सी एस सिरिजको स्मार्टफोनमध्ये एस टेन अघिल्लो वर्ष सार्वजनिक गरेको थियो । धेरैको अनुमान छ, उसले यो सिरिजको आगामी स्मार्टफोनको नाम ग्यालेक्सी एस इलेभेन राख्नेछ ।

तर, लिक भएको डिजाइनले भने यो स्मार्टफोनको नाम ग्यालेक्सी एस ट्वान्टी रहने देखाएको छ ।
सामसङले नाममा आकर्षण थप्न वा अंग्रेजी वर्षअनुसार मोडलको नाम दिन यो उपाय अपनाएको हुन सक्छ । लिक भएको फोटोमा स्मार्टफोनको पछिल्लो भागमा चार वटा क्यामेरा देखिएका छन् भने अघिल्लो भागमा स्क्रिनमै सेल्फी क्यामेरा छ । कम्पनीले आगामी फेब्रुअरी दोस्रो साता स्मार्टफोन सार्वजनिक गर्दै छ ।