
प्रविधि जगत्मा सोनी नौलो नाम होइन । सोनीले विशेषगरी क्यामेरा, यसको सेन्सर र अन्य डिभाइस निर्माणमा नाम कमाएको छ ।

सोनीले निर्माण गरेको क्यामेरा सेन्सर अन्य स्मार्टफोनमा पनि प्रयोग भइरहेको छ भने क्यामेरा बजारमा उसको छुट्टै मानक स्थापित छ । यस्तो पहिचान बोकेको कम्पनीले गत साता प्रयोगकर्तालाई चकित पार्यो । अमेरिकाको लस भेगासमा भएको कन्ज्युमर इलेक्ट्रोनिक्स शोमा सोनीले आफ्नो भविष्य केन्द्रित कारको प्रोटोटाइप सार्वजनिक गर्यो । सोनीले कार प्रदर्शनीमा राख्दा त्यहाँका अवलोकनकर्ता त अचम्मित भए नै, सोनीले कार निर्माण गरेको समाचारले प्रविधिमा रुचि राख्नेहरूलाई पनि अनौठो लाग्यो । सोनीको कारको डिजाइन आकर्षक देखिन्छ भने विशेषता नै यसमा जडित क्यामेरा र सेन्सर हो जसले प्रयोगकर्तालाई फरक ढंगले कारको अनुभव दिलाउँछ ।
प्रकाशित : माघ ३, २०७६ १३:१२