कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छात्रवृत्तिका लागि अक्षयकोष

काठमाडौँ — समुदायद्वारा सञ्चालित काठमाडौं शिक्षा क्याम्पसले आफ्नो कलेजमा अध्ययनरत जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई नियमित छात्रवृति प्रदान गर्न एक करोड रुपैयाँको अक्षय कोष स्थापनाको थालनी गरेको छ । 

अक्षय कोषमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्राध्यापक माधव भट्टराईले १ लाख २५ हजार, प्राध्यापमक हेमाङ्गराज अधिकारीले १ लाख २५हजार, पूर्व राज्यमन्त्री कान्ता भट्टराईले १ लाख ११ हजार, समाजसेवी देवेन्द्र प्रधानले १ लाख १ हजार, हरिप्रसाद खनालले १ लाख १ हजार, क्याम्पस प्रमुख सत्रुघ्न गुप्ताले ५१ हजार र हरिकुमार कार्कीले ५१ हजार प्रदान गरेका छन् ।


कोषमा बजेट वृद्धि गर्न क्यामपसले विभिन्न योजनाहरु तयार पारेको छ । कोषबाट प्राप्त हुने ब्याजको रकमबाट दलित, जनजात, मधेशी, महिला, उत्पीडित समूदायका आर्थिक अवस्था कमजोर हुने तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृति दिइने क्याम्पस प्रमुख गुप्ताले बताए ।

प्रकाशित : भाद्र १७, २०७६ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?