कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

छाउगोठमा किशोरी बलात्कृत भएको विषयमा जवाफ दिन गृहमन्त्रीलाई राष्ट्रिय सभा अध्यक्ष दाहालको रुलिङ

काठमाडौँ — राष्ट्रिय सभा अध्यक्ष नारायाणप्रसाद दाहालले अछामको पञ्चदेवल नगरपालिका २ मा एक छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्रालयलाई रुलिङ गरेका छन् । 

छाउगोठमा किशोरी बलात्कृत भएको विषयमा जवाफ दिन गृहमन्त्रीलाई राष्ट्रिय सभा अध्यक्ष दाहालको रुलिङ

राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसदहरूले सो विषयमा उठाएका प्रश्नको जवाफ दिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रुलिङ गरेका हुन् ।

उनले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सधैँजसो मन्त्रीलाई पत्र पठाउने गरेको भएपनि चासो नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

अध्यक्ष दाहालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरूको कार्यतालिका नै बनाएको भएपनि प्रभावकारी कार्यान्वयन हन नसकेको पनि बताए । ‘आकस्मिक समय, शून्य समय लगायत जुन समयमा माननीय सदस्यहरूले विषय उठाउनु हुन्छ, ती विषयहरू सधैजसो सम्बन्धित मन्त्री कहाँ पठाउने पनि गरेका छौँ । हरेक दिन पठाएका छौँ । यहाँ उठेका विषयहरूका बारेमा जवाफ दिन मन्त्रीहरूको कार्यतालिका नै हामीले दिइसकेका छौँ,' अध्यक्ष दाहालले भने, 'यी सबै विषयमा हामीले गम्भीर ढंगले रुलिङ गरेर ध्यानाकर्षण गराएका छौँ । आज उठेका विषयहरू जो छन्, अछामको छाउपडीको विषयमा जुन विषय उठेको छ, त्यसको बारेमा गृहमन्त्रीले आएर जवाफ दिन म ध्यानाकर्षण गराउँछु । सचिवालयलाई पत्र पठाउन म निर्देशन दिन्छु ।’

आइतबारको बैठकमा सांसदहरूले छाउगोठमा बस्दा बलात्कृत हुनुपरेको घटनालाई उठाएका थिए । असार ३ गते अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक किशोरी छाउगोठमा बलात्कृत भएकी थिइन् । मामाघरमा बसेर पढिरहेकी १६ वर्षीया किशोरी सोमबार मध्यराति मामा नाता पर्नेबाट बलात्कृत भएकी थिइन् । प्रहरीले आरोपित १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । किशोरीलाई राति २ बजे पिसाब फेर्न छाउगोठ बाहिर निस्केका बेला मामा नाता पर्नेले बलात्कार गरेका थिए । बलात्कारपछि किशोरी बेहोस भएर अस्पताल लगिएको थियो । होस आएपछि उनीमाथि बलात्कार भएको खुलेको थियो ।

प्रकाशित : असार ९, २०८१ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×