कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

छाउपडी कुरितीविरुद्ध सरकारले अभियान चलाओस् : सांसद राणा

काठमाडौँ — कांग्रेस सांसद आरजू राणा देउवाले सुदूरपश्चिममा छाउपडी कुप्रथाविरुद्ध अभियान चलाउन सरकारसँग माग गरेकी छन् । असार ३ गते एक किशोरीलाई छाउगोठमा आफन्तले बलात्कार गरेको प्रसंग उठाउँदै सांसद राणाले छाउगोठ भत्काउँदैमा कुप्रथा अन्त्य नहुने भएकाले जनचेतना जागरण अभियान चलाउनुपर्ने सुझाएकी हुन् । 

छाउपडी कुरितीविरुद्ध सरकारले अभियान चलाओस् : सांसद राणा

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद राणाले विगतमा पनि सरकारले छाउगोठ भत्काएको तर त्यो कुप्रथाको अन्त्य नभएको बताइन् ।

'आजभन्दा करिब ८ वर्ष अगाडि पनि यहि सदनमा उभिएर छाउगोठमा सर्पले टोकेर मरेको छोरीको बारेमा बोलेको थिएँ । आज पनि अछाममा असार ३ गते एकजना छोरीलाई बलात्कार गरियो,' सांसद राणाले भनिन्, 'यस्तो घटनाहरू घट्ने क्रम हाम्रो देशमा चलिरहेको छ । सरकारले २०७५ देखि २०७८ को बीचमा ७ हजार ५ सय ४५ वटा छाउगोठ भत्काए पनि यो कुरीति चलिरहेको छ ।'

सरकारले समाजमा र विद्यालयमा छाउपडी कुप्रथाविरुद्ध अभियान चलाउनुपर्ने सांसद राणाको सुझाव थियो । उनले भनिन्, 'नेपाल सरकारलाई यसविरुद्धमा व्यापक अभियान चलाउनुपर्छ । खाली गोठ भत्काउने मात्रै होइन एउटा प्रचारप्रसारको अभियान, जनाचेतना जागरण गराउने अभियान र स्कुलदेखि नै महिनावारीको बारेमा सिकाउने अभियान चलाउन अनुरोध गर्न चाहन्छु ।'

असार ३ गते अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक किशोरी छाउगोठमा बलात्कृत भएकी थिइन् । मामाघरमा बसेर पढिरहेकी १६ वर्षीया किशोरी सोमबार मध्यराति मामा नाता पर्नेबाट बलात्कृत भएकी थिइन् । प्रहरीले आरोपित १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । किशोरीलाई राति २ बजे पिसाब फेर्न छाउगोठ बाहिर निस्केका बेला मामा नाता पर्नेले बलात्कार गरेका थिए । बलात्कारपछि किशोरी बेहोस भएर अस्पताल लगिएको थियो । होस आएपछि उनीमाथि बलात्कार भएको खुलेको थियो ।

प्रकाशित : असार ९, २०८१ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×