२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

७ बजे : आजका ७ समाचार

काठमाडौँ — आज २०८० साल फागुन १९ गते । साँझ ७ बजेसम्म प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै नेपालको शान्ति प्रक्रिया विश्वकै निम्ति मौलिक प्रकृतिको भएको बताएकोदेखि चितवन रत्ननगरमा सञ्चालित बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीया छात्रा सालिन पोखरेलको मृत्यु घटना अनुसन्धान गर्न कांग्रेसको मागसम्म विभिन्न समाचार प्रकाशित भएका छन् । 

७ बजे : आजका ७ समाचार

'द अनब्रेकेवल अगस्त्य-च्याप्टर वान' ले रेकर्ड ब्रेक गर्न नसकेको फिल्म समीक्षादेखि त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल ट्वान्टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलाको फाइनलमा पुगेको लगायत समाचार प्रकाशित भए । प्रस्तुत छन् शनिबार साँझ ७ बजेसम्मका मुख्य ७ समाचार :

१. नेपालको शान्ति प्रक्रिया विश्वका लागि नमुना : प्रधानमन्त्री दाहाल

दाङको देउखुरीस्थित लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनमा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रिया विश्वकै निम्ति मौलिक प्रकृतिको भएको बताए ।

२. वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्मको सम्पत्ति छानबिन गराएरै छाड्छु : मन्त्री गुरुङ

मन्त्री गुरुङले मुलुकमा सुशासन र आर्थिक पारदर्शिता कायम गर्न वडाध्यक्षदेखि मन्त्री र प्रधानमन्त्री पदमा रहेकासम्मको सम्पत्ति छानबिन गराएरै छाड्ने उनले बताए ।

३‍. देश वृद्धाश्रम बन्ने खतरा भयो : उपप्रधानमन्त्री श्रेष्ठ

सामाजिक न्यायको क्षेत्रमा काम गरेर जनताले त्यसको अनुभूत गर्ने गरी काम गर्नैपर्ने बताउँदै उनले युवाहरू विदेशिने र उतै पलायन हुने क्रम बढेकोले देश वृद्धाश्रम बन्ने खतरा रहेको बताए । उनले रेमिट्यान्स आयो भनेर खुसी हुने अवस्था नरहेको समेत बताए ।

४. एउटाको जग्गामा ठडियो अर्कैको घर

०७८ कात्तिकमा उनी पुग्दा आफ्नो घडेरीको छुट्याएको डीपीसी डोजर लगाएर भत्काइँदै गरेको देखिन् । उनले आफ्नो घडेरीमा डोजर नलगाउन आग्रह गरिन् । नजिकै रहेकी टीकाकुमारी छिरिङले उक्त घडेरी आफ्नी आमा रुकमाया सुनारको नाममा भएको र त्यहाँ घर बनाउने तयारी गरेको बताइन् ।

५‍. नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा

कप्तान रोहितकुमार पौडेल र गुल्शन झाको उत्कृष्ट साझेदारीले शनिबार त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपालले फाइनलको बाटो तय गरेको हो ।

६. कांगेसद्वारा चितवन घटनाको अनुसन्धानको माग

विद्यालयको अभिभावकत्वमा अध्ययन गरिरहेकी बालिका झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसका पछाडि आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति पैदा हुनु अत्यन्तै गम्भीर रहेको उल्लेख गर्दै कांग्रेसले घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गरी छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई कारबाहीका लागि सरकारसँग माग गरेको छ ।

७. 'द अनब्रेकेवल अगस्त्य -च्याप्टर वान' ले ब्रेक गर्न नसकेको रेकर्ड

लगातारको कमेडी, सामाजिक विषयवस्तुका फिल्मबीच 'अगस्त्य'ले नयाँ स्वाद पस्कन खोज्नु, सकरात्मक पाटो हो । तर, कमजोर पटकथाले त्यो स्वादको नजिक दर्शक पुग्दैन ।

प्रकाशित : फाल्गुन १९, २०८० १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?