कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नेपालको शान्ति प्रक्रिया विश्वका लागि नमुना : प्रधानमन्त्री दाहाल

दुर्गालाल केसी

दाङ — प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया मुलुककै लागि नमुना भएको बताएका छन् । दाङको देउखुरीस्थित लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनमा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रिया विश्वकै निम्ति मौलिक प्रकृतिको भएको बताए ।

नेपालको शान्ति प्रक्रिया विश्वका लागि नमुना : प्रधानमन्त्री दाहाल

‘नेपालको शान्ति प्रक्रिया हामीले गौरव गर्ने खालको छ,’ उनले भने,‘नेपालको राजनीतिक इतिहासमा हामी मात्रै त्यस्तो शक्ति र नेतृत्व हौँ, जसले क्रान्ति र शान्ति दुवैको नेतृत्व गर्ने अवसर प्राप्त गर्‍यौं ।’

उनले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गम भूमि र पुण्यभूमिका रूपमा मात्रै परिचित नभएर क्रान्तिकारी आन्दोलन सुरु गर्ने स्थान पनि भएको बताए । ‘विश्व शान्तिका अग्रदूत गौतम वुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गमभूमि र पुण्यभूमिका रूपमा मात्रै परिचित छैन,’ उनले भने,‘क्रान्तिकारी आन्दोलनको नेतृत्व, अग्रगमन र परिवर्तनका नामले समेत उत्तिकै परिचित छ ।’ क्रान्ति र शान्तिको समिश्रणको सबैभन्दा राम्रो दृष्टान्त लुम्बिनी नै भएको धारणा उनले व्यक्त गरे ।

लुम्बिनीको विश्वव्यापी महत्व रहेको उल्लेख गर्दै दाहालले बुद्धभूमिको ‘ब्राण्डिङ’ गर्न पर्यटनमैत्री नीति र कानुनहरू निर्माण गर्न आवश्यक रहेको बताए । पर्यटन पूर्वाधार विकास गर्ने र पर्यटनमार्फत प्रदेशको विकास र समृद्धिमा गुणात्मक फड्को मार्नेतर्फ प्रदेश सरकार क्रियाशील हुनुपर्ने सुझाव उनले दिए ।

आफू तेस्रोपटक सरकारको नेतृत्वमा आएपश्चात संघीयता कार्यान्वयनमा उच्च प्राथमिकता दिएको उल्लेख गर्दै दाहालले अन्तरप्रदेश समन्वय परिषद्को बैठक गरी संघीयता कार्यान्वयनमा गति दिइएको दावी गरे । प्रेदश संरचना संघ र स्थानीय तहलाई जोड्ने महत्वपूर्ण माध्यम भएको उनले बताए ।

प्रकाशित : फाल्गुन १९, २०८० १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×