कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

उधौली पर्व मनाइँदै

लक्ष्मी गौतम

पाँचथर — आज उधौली पर्व । विशेष गरी किरात समुदायको बाहुल्यता रहेका जिल्लाहरूमा उल्लासमय तरिकाले मनाइँदैछ । विशेष गरी किरात समुदायअन्तर्गतका लिम्बू जातिले यो पर्वलाई चासोक तङ्नाम अर्थात न्वागी पर्वका रूपमा मनाउने चलन छ  ।

उधौली पर्व मनाइँदै

योसँगै मौलिक र सांस्कृतिक कार्यक्रम गर्दै यो पर्व मनाइन्छ । विशेषतः पूर्वी पहाडमा बाहुल्यता रहेका राई, लिम्बू, सुनुवार र याक्खा जातिले मंसिर पूर्णिमाको दिनलाई चासोक तङ्नाम अर्थात उधौली पर्वका नामले पुकार्दै मनाउने चलन छ ।

आजकै दिन हिन्दू धर्मावलम्बीले पनि धान्य पूर्णिमाका अवसरमा गोठ पूजा गर्ने चलन छ । आफूलाई प्रकृति पूजकका रूपमा चिनाउने किरात समुदायले आजकै दिन नयाँ अन्न चढाएर न्वागी खाने गर्दछन् । चासोक तङ्नामका अवसरमा फिदिमस्थित सुम्हालुङ मन्दिर,सिलौती,लव्रेकुटीलगायतका स्थलहरुमा पूजा आराधनासहित नयाँ अन्न विधिवत रूपमा चढाएर न्वागी पूजा गर्नेको भीड लागेको छ ।

यस पर्वका अवसरमा पाँचथर,ताप्लेजुङ,इलाम,धनकुटा र तेह्रथुमसहित संघीय राजधानीका काठमाडौं ललितपुर र आदिवासी जनजातिको बसोबास रहेका विदेशी भूभागमा समेत न्वागी पुजा, चियापान, सांस्कृतिक कार्यक्रम आयोजना हुने किराँत याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष चन्द्रकुमार आङदेम्बे बताँउछन् ।

प्रकाशित : पुस १०, २०८० ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×