कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

जनशक्ति पलायन रोक्न राष्ट्रपतिको आग्रह

विराटनगर — राष्ट्रपति रामचन्द्र पौडेलले रोजगारी सृजना गरेर जनशक्ति पलायन रोक्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । उद्योग परिसंघ कोशीले शनिबार आयोजना गरेको सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले कृषि, वन र खनिजमा आधारित उद्योग विस्तार गरी रोजगारीका अवसर सिर्जना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका हुन् । 

जनशक्ति पलायन रोक्न राष्ट्रपतिको आग्रह

कार्यक्रममा उनले जनशक्तिलाई तालिम उपलब्ध गराउने तथा दक्ष, अर्धदक्ष जनशक्ति निर्माण गरी रोजगारी समस्या समाधान गर्ने अवसरको नेतृत्व लिन उद्योगी र व्यापारीलाई आग्रह गरे । ‘मुलुकमा कृषि क्षेत्रको रूपान्तरण र उद्योग व्यवसायको विस्तार गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्न, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा निरपेक्ष गरिबी निवारण गरी आर्थिक विकास गर्न सरकार एक्लैले सक्ने स्थिति छैन,’ राष्ट्रपति पौडेलले भने, ‘त्यसैले निजी क्षेत्रसँग सरकारले साझेदारी गरेमा मात्र यो सम्भव छ ।’

सरकारबाट नयाँ नीति र ऐन निर्माण, निजी क्षेत्रमैत्री ऐन र कानुन परिमार्जन हुन जरुरी रहेको उनको भनाइ थियो । कार्यक्रममा परिसंघले राष्ट्रपति पौडेललाई सम्मान गरेको थियो । त्यसक्रममा पौडेलले २१ जना प्रजातन्त्रका सेनानी र उत्कृष्ट निर्यातकर्ता उद्योगी व्यवसायीलाई सम्मान गरेका थिए ।

प्रकाशित : पुस ८, २०८० ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×