कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

म राष्ट्रिय सभा चुनावमा उम्मेदवार बन्दिनँ : महासचिव गुरुङ

काठमाडौँ — माओवादी महासचिव देव गुरुङले आफू राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार नहुने बताएका छन् ।  ‘म राष्ट्रिय सभा निर्वाचनमा जान खोजेको भन्ने गलत हो,’ उनले कान्तिपुरसँग भने, ‘म आफैंले गत निर्वाचनमा पराजित व्यक्ति राष्ट्रिय सभामा जान हुँदैन भनिरहेको छु ।’

म राष्ट्रिय सभा चुनावमा उम्मेदवार बन्दिनँ : महासचिव गुरुङ

उनले राष्ट्रिय सभा निर्वाचनका लागि आफू उम्मेदवार बन्न कसैसँग लबिइङ नगरेको दाबी गरे । माओवादी स्रोतले उनी राष्ट्रिय सभामा जान चाहेको कान्तिपुरसँग बताएको थियो । ‘जुन स्रोतले भनेको भए पनि म राष्ट्रिय सभामा जाने सोचेको छैन,’ उनले भने ।

उनी गत आम निर्वाचनमा लमजुङबाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । प्रतिनिधिसभामा माघ २० मा रिक्त हुन लागेका १९ सिटका लागि गत निर्वाचनमा माओवादीबाट पराजित नेताहरू उम्मेदवार हुन चाहेका छन् ।

शनिबार कान्तिपुरमा 'चुनाव हारेका माओवादी नेता राष्ट्रिय सभा ताक्दै' शीर्षकमा समाचार प्रकाशित भएको थियो । महासचिव गुरुङ गत प्रतिनिधिसभा निर्वाचनमा लमजुङबाट एमाले नेता पृथ्वीसुब्बा गुरुङसँग पराजित भएका थिए ।

प्रकाशित : पुस ७, २०८० १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×