कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सर्वोच्चका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ मंसिर २९ बाट

काठमाडौँ — सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशहरूको संसदीय सुनुवाइ आउँदो २९ गतेबाट हुने भएको छ । संसदीय सुनुवाइ समितिको आइतबारको बैठकले सुनुवाइको मिति तय गरेको हो ।

सर्वोच्चका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ मंसिर २९ बाट

एक दिनमा दुइ जनाको सुनुवाइ गर्ने गरी समय निर्धारण गरिएको छ । आइतबार न्यायाधीशहरूमाथि उजुरी गर्ने उजुरीकर्ताहरूसँग समितिले छलफल गरेको थियो ।

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको थियो । उनीहरूको संसदीय सुनुवाइ प्रक्रियाका क्रममा आइतबार उजुरी तथा सूचनाकर्ताहरूसँग छलफल भएको थियो ।

न्यायाधीशमा सिफारिसहरूविरुद्ध उजुरी तथा सूचना दिनेहरूसँग संसदीय सुनुवाई समितिले छलफल गरेपछि सिफारिस भएका व्यक्तिको सुनुवाइ मिति तय गरिएको हो ।

प्रकाशित : मंसिर २४, २०८० १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×