कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलद्वारा राजीनामा

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारको पदबाट मंसिर २० गते नै राजीनामा दिएको गजुरेलले जानकारी दिए ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलद्वारा राजीनामा

आफूले राजीनामा दिए पनि स्वीकृत भएको जानकारी प्राप्त भइनसकेको गजुरेलले बताए । '२० गते बिहान मैले पदबाट राजीनामा दिएको हो । त्यसपछि सिंहदरबार पनि गएको छैन,' उनले भने ।

प्रधानमन्त्रीसँग व्यक्तिगत असन्तुष्टि वा अन्य पद प्राप्त गर्नका लागि राजीनामा नभएको गजुरेलले बताए । 'मेरो राजीनामा व्यक्तिगत असन्तुष्टि र पदको लाभको अपेक्षाका लागि होइन । मैले राजीनामाको कारण स्पष्ट रूपमा लेखेको छु । त्यो स्वीकृत भएसँगै कारण सार्वजनिक होला,' उनले भने ।

सिन्धुलीका स्थायी बासिन्दा गजुरेल पूर्वमन्त्री पनि हुन् । उनी प्रतिनिधिसभाको गत मंसिरको निर्वाचनमा उम्मेदवारका लागि टिकट पाएका थिएनन् । प्रधानमन्त्री दाहालले गत माघ ९ मा गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकार बनाएका थिए ।

प्रकाशित : मंसिर २४, २०८० १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×