१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

जसपाको सोमबार कार्यकारिणी समिति बैठक बस्ने

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । भोलि मंसिर २५ गते सोमबारलाई केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको हो ।

जसपाको सोमबार कार्यकारिणी समिति बैठक बस्ने

बैठकमा आउँदो माघमा हुने राष्ट्रिय सभा निर्वाचन, यसबीचमा पार्टीले सञ्चालन गरेको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण, तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गरिने जसपाले जनाएको छ ।

बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ ।

प्रकाशित : मंसिर २४, २०८० १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?