कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सिन्धुपाल्चोकमा ओलीले भने- 'कथा हालेर मेलम्चीको पानी काठमाडौं पुग्दैन'

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । उनले मुहान सफा गरेर वा अन्यत्र सारेर भए पनि सरकारले काठमाडौंवासीका लागि सो पानीको व्यवस्थापन गर्न ढिलाई गर्न नहुने बताए । 

सिन्धुपाल्चोकमा ओलीले भने- 'कथा हालेर मेलम्चीको पानी काठमाडौं पुग्दैन'

पार्टीको झुलाघाट–चिवाभन्ज्याङ : समृद्धिका लागि संकल्प यात्राको क्रममा आइतबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार नभएको भए मेलम्चीको पानी काठमाडौंमा पुग्ने अवस्था नै नहुने दाबी गरे । त्यस अवसरमा अध्यक्ष ओलीले जनतालाई निराश नहुन पनि आग्रह गरे ।

एमालेले देशलाई बिग्रन नदिने भएकाले कसैले पनि निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले भने, ‘एमालेको सरकार हुँदैन थियो भने मेलम्चीको पानी काठमाडौंमा झर्ने नै थिएन । हामी यसलाई तुरुन्तै सफा गरेर हेडलाई सार्नुपर्ने सार्नुपर्‍यो, यसमा कथा हालेर हुन्छ ? सार्न पर्ने हो भने सार्ने । नसार्ने हो भने त्यसलाई तयार पार्ने । मर्मत, सम्भार जे गर्नुपर्छ गर्ने । त्यस ढंगले जाने । र, जहाँ पानी पस्ने मूलगेट । त्यसलाई कतिबेर बन्द गर्ने, कतिबेर खोल्ने भन्ने कुरा पनि सञ्चालकहरुले थाहा पाउनुपर्‍यो ।'

अध्यक्ष ओलीले पार्टीको संकल्प यात्राको क्रममा लाखौं जनताको साथ, माया र सम्मान पाएको भन्दै आभार समेत व्यक्त गरे । यात्राको क्रममा सोमबार उनले दोलखाको चरिकोटमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित : मंसिर २४, २०८० १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×