कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पाल्पामा भरुवा बन्दुक पड्केर मृत्यु 

माधव अर्याल

(पाल्पा) — पाल्पामा भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ । निस्दी गाउँपालिका–४, मित्याल गाङ्गसिंङडाँडा बस्ने ४८ वर्षीय डम्बर बहादुर सारुको आफैंले बोकेको बन्दुक पड्किएर आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाल्पामा भरुवा बन्दुक पड्केर मृत्यु 

शनिबार बेलुकी फापर लगायत अन्नबाली खान आएको दुम्सीलाई हान्न बारीमा पुगेका सारु चिप्लिएर लडेपछि आफैंले बोकेको बन्दुक पड्किँदा घाइते भएका थिए । उपचारका लागि रामपुर अस्पताल ल्याएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

सारुको खुट्टाको घुँडामाथि छर्राले लागेको छ भनने प्रहरीले एक नाल भरुवा बन्दुर, भिर्ने झोला अम्लिसोघारीमा बरामद गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीे जनाएको छ ।


प्रकाशित : मंसिर २४, २०८० ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×