कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सल्यानमा वृद्ध मृत भेटिए

विप्लव महर्जन

सल्यान — सल्यानमा ७० वर्षीय एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका-१ काभ्राको स्याला भन्ने ठाँउमा घरदेखि करिब सय मिटर टाढा पिमलाल कामी मृत अवस्थामा भेटिएका हुन । 

घरदेखि करिब सय मिटर टाढा कुलोमा अनुहार डुबेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रनि भवानी प्रसाद धमालाले बताए ।

घरमा कोही नभएका वृद्ध सधैं मदिरा सेवन गर्ने गरेका र मदिरा सेवन गरेकै कारण लडेर कुलोमा अनुहार डुब्दा श्वासप्रश्वासमा समस्या भएर उनको मृत्यु भएको हुन सक्ने धमलाले बताए । उनका अनुसार कामीको मुख भित्र पानी थियो ।

घटनास्थल पुगेर प्रहरीले अहिले मुचुल्का उठाइरहेको र केही समय पछि पोष्टमार्टमको लागि शव जिल्ला अस्पताल पठाउने धमलाले जानकारी गराए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित : मंसिर २३, २०८० १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×