कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

समयमा काम सक्ने पद्धति बसालौं : प्रधानन्यायाधीश श्रेष्ठ

प्रकाश बराल

बागलुङ — प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले समयमा काम सक्ने पद्धति बसाल्दा विकासले गति लिने बताएका छन् । बागलुङमा निर्माणाधीन उच्च अदालतको भवन निरीक्षणपछि शनिबार प्रधानन्यायाधीश श्रेष्ठले समयमा निर्माण कार्य सम्पन्न नहुँदा राज्यको बजेट दुरुपयोग भएको बताएका हुन् । उनले निर्माणाधीन योजना समयमा सक्न पनि निर्माण कम्पनी र प्राविधिकलाई निर्देशन दिए ।

समयमा काम सक्ने पद्धति बसालौं : प्रधानन्यायाधीश श्रेष्ठ

‘ठूला आयोजनाहरू ठेकेदारले अलपत्र पारेको समाचार आउँछन्, समयमा सकेर बोनस खानुस्,’ उनले भने, 'समयमा काम गर्ने पद्दती बसेमा निर्माण कम्पनीप्रति विश्वास बढ्छ ।’

वनको प्राविधिक काम भने सघन सहरी तथा भवन डिभिजन कार्यालय बागलुङको जिम्मामा छ ।

अनौपचारिक भ्रमणमा बागलुङ पुगेका श्रेष्ठले अदालत भवनको अनुगमन गरेका हुन् । एकवर्ष अघि उच्च अदालत भवनको तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शिलान्यास गरेका थिए ।

३० महिनाभित्र सक्ने गरी श्यामसुन्दर/शिवजी संयुक्त निर्माण कम्पनीले ५० करोड ९५ लाख २५ हजार रुपैयाँमा ठेक्का लिएको थियो ।

कम्पनीका म्यानेजर ओम गुरुङका अनुसार भवनको ५० प्रतिशत काम सम्पन्न भएको छ । ठेकेदार कम्पनीले ३८ प्रतिशत मात्रै भुक्तानी पाएको छ । ‘हामीले तोकेको समयभन्दा अगाडि काम सक्ने तयारी गरेका छौं,’ गुरुङले भने, ‘बजेट समयमा बिनियोजन हुनुपर्‍यो ।’

निर्माणाधीन अदालत भवनमा ६ वटा इजलास, कम्तिमा ५ जना न्यायाधीश र रजिष्ट्रारको आवास समेत निर्माण भइरहेको छ । दुईवटा लिफ्टसहितको ६ तले भवनमा अपांगमैत्री, बालमैत्री र अन्य सेवासुविधा हुनेछ ।

प्रकाशित : मंसिर २३, २०८० १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×