कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान, विपिन जोशीको रिहाइका लागि पहल गर्ने

काठमाडौँ — परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान गरेका छन्। उनी दोहा २१ औँ सम्मेलनमा सहभागी हुन शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।  परराष्ट्रमन्त्री साउद शनिबार बिहान ७:४५ बजे कतार एयरलाइन्सको विमानबाट दोहा प्रस्थान गरेका हुन् । 

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान, विपिन जोशीको रिहाइका लागि पहल गर्ने

परराष्ट्रमन्त्री साउदले डिसेम्बर १० अर्थात आइतबारदेखि कतारमा सुरु हुन गइरहेको दोहा २१ औँ फोरममा सहभागिता जनाउने क्रममा हुने उच्चस्तरीय भेटमा इजरायलमा बेपत्ता भएका विपिन जोशीको रिहाइको विषय पनि उठाउने बताइएकफ छ । कतारमा उनले समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखारीसँग विपिनका बारेमा कुराकानी गर्ने कार्यतालिका तय भएको छ।

मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । यस्तै उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए ।

परराष्ट्रमन्त्री साउदले शुक्रबारमात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिहरुका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए ।

प्रकाशित : मंसिर २३, २०८० १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×