कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र देशमा परिवर्तन सम्भव छ : कोइराला

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र देशमा परिवर्तन सम्भव रहेको बताएका छन् । उनले देशका ठूला भ्रष्टाचारका काण्डहरुमा राजनीतिक नेता, कर्मचारी र व्यापारीको मिलेमतो रहने गरेको भन्दै भ्रष्टाचार अन्त्य नगरेसम्म देशको विकास नहुने दाबी गरे ।

कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र देशमा परिवर्तन सम्भव छ : कोइराला

शनिबार चितवन–काठमाडौँ प्रजातान्त्रिक सङ्गमको १२औँ अधिवेशनमा नेता कोइरालाले कांग्रेसलाई बलियो बनाउँदै जनतामाझ जान नेतृत्वले अब धेरै ढिला गर्न नहुने बताए । 'महाधिवेशन भएको दुई वर्ष बित्न लागेको छ । तर पार्टीको नेतृत्वले भ्रातृ संस्था तथा विभागलाई पूर्णता दिन सकेको छैन,' कोइरालाले अघि भने, 'भ्रातृ संस्थामार्फत् जनतामा जोडिने मौका पनि पार्टीले उपयोग गर्न सकेको छैन।'

उनले कांग्रेस परिवर्तन नभएसम्म मुलुकको परिवर्तन सम्भव नभएको बताए । 'देशलाई सम्हाल्ने लोकतान्त्रिक पार्टी कांग्रेस नै हो । कांग्रेस परिवर्तन नभई मुलुक परिवर्तन हुन सक्दैन । कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र पार्टी परिवर्तन भएर अगाडि बढ्न सक्छ,' कोइरालाले अघि भने ।

उनले नेपाली कांग्रेसले अब एक्लै चुनाव लड्नुपर्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर देशलाई निकास दिनुपर्ने बताए । 'जबसम्म हामी एक्लै चुनाव लड्न सक्दैनौँ, तबसम्म पार्टी झन्-झन् कमजोर हुँदै जान्छ,' उनले भने ।

नेता कोइरालाले पछिल्लो समय सरकारले ऋण लिएर कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था बनेको भन्दै चिन्ता समेत व्यक्त गरे । स्वदेशमा अध्ययन र काम गर्ने वातावरण नभएकाले गत वर्षमात्र प्लस टु पढेर एक लाख २७ हजार विद्यार्थी विदेश गएका भन्दै नेता कोइरालाले युवाशक्तिलाई स्वदेशमा रोक्नका लागि सरकारले ठोस् कार्यक्रम अगाडि सार्नुपर्ने बताए ।

प्रकाशित : मंसिर २३, २०८० १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×