कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

न्यायपालिकामा सुधारको स्पष्ट संकेत देखिन थालेको छ : प्रधानन्याधीश श्रेष्ठ

हरिराम उप्रेती

गोरखा — प्रधानन्याधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले लयमा हिँड्न थालेको दाबी गरेका छन् । शुक्रबार जिल्ला अदालत गोरखाको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले आफूले प्रधानन्यायाधीशको पदभार सम्हालेको छोटो अवधिमा सुधारको स्पष्ट संकेत देखिन थालेको दाबी गरे ।

न्यायपालिकामा सुधारको स्पष्ट संकेत देखिन थालेको छ : प्रधानन्याधीश श्रेष्ठ

‘म न्यापालिकाका क्षेत्रमा शाखा अधिकृतको रुपमा प्रवेश गरेँ, उपसचिव, जिल्ला न्यायाधीश, हुँदै अहिले प्रधानन्याधीशको नेतृत्व लिएर बसेको छु, यस वबचमा फाँटवाला कर्मचारी, अधिकृत, रजिष्ट्रार जिल्ला न्यायाधीशको काम के हो, धेरै अनुभव छ,’ उनले भने, ‘यही अनुभवको आधारमा न्यापालिकामा सुधार गर्न सकिन्छ भिनेर लागिपरेको छु, ठोकुवाका साथ भन्न सक्छु मैले केही महिनामा देखाएका क्रियाकलापले अहिले न्यायपालिका लयमा हिँड्न थालेको अनुभुति भएको छ, आन्तरिक र बाहृय वातवरण अनुकलु बनेको छ, न्यायलमा सुधार आवश्यक छ भनेर लागिपरेका छौँ ।’

अहिले सर्वोच्च, उच्च र जिल्ला अदालतको कार्यसम्पादन स्तर पनि सन्तोषजनक रहेको उनले बताए । दुई वर्ष नाघेका मुद्दा शुन्यमा ल्याउने लक्ष्यका साथ अदालतहरु त्रियाशिल रहेको उनले बताए । ‘गोरखा अदालतले पनि उत्साहजनक काम गरेको तथ्याङ्कबाट देखिन्छ, आगामी दिनमा हौसलका साथ कार्यसम्पादन गर्नुहुने नै छ,’ उनले भने । प्रविधिको प्रयोगबाट पनि छिटो र छरितो तवरले सेवा प्रवाह शुरु गरेको उनले बताए । नवनिर्मित गोरखा अदालतको भवन न्यायको प्रतिक र नागरिकको आस्थाको केन्द्रको रुपमा स्थापित हुने उनले बताए ।

२०७२ बैशाख १२ को भूकम्पले जिल्ला अदालतको भवन भत्काएपछि १५ करोड ६४ लाखको लागतमा नयाँ भवन निर्माण गरिएको छ । २०७४ मंसिरबाट निर्माण शुरु भएको अदालत भवनको तिन वर्ष अघि २०७७ माघ २३ गते भवन निर्माण सम्पन्न भएको थियो । जिल्ला अदालतले तिन वर्ष अघि देखि नै नवनिर्मित भवनबाट सेवा आरभ्भ गरिसकेको जिल्ला न्यायधिश तेजेन्द्र प्रसाद शर्माले बताए । ६ तले पक्की सुविधा सम्पन्न भवनमा ४७ कोठा, ४ इजलास कक्ष रहेको उनले जानकारी दिए ।


प्रकाशित : मंसिर २२, २०८० १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×