कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नेपालले अर्को वर्ष यूएनमा तेस्रोपटक 'भीएनआर' प्रतिवेदन प्रस्तुत गर्दै

काठमाडौँ — नेपालले सन् २०२४ मा संयुक्त राष्ट्रसंघ (यूएन) को दिगो विकास लक्ष्यहरु (एसडीजी) अन्तर्गत रहेको ‘भोलेन्टरी नेशनल रिभ्यु’ (भीएनआर) प्रतिवेदन तेस्रोपटक प्रस्तुत गर्ने भएको छ । त्यसको लागि नेपाल सरकारले गृहकार्य गरिरहेको छ ।

नेपालले अर्को वर्ष यूएनमा तेस्रोपटक 'भीएनआर' प्रतिवेदन प्रस्तुत गर्दै

नेपाललाई उक्त रिपोर्ट प्रस्तुत गर्ने स्वीकृति यूएनबाट प्राप्त भएपछि राष्ट्रिय योजना आयोग रिपोर्ट निर्माणको लागि जुटेको छ । यूनको आर्थिक तथा सामाजिक परिषद् अन्तर्गतको उच्चस्तरीय राजनीतिक मञ्चमा उक्त प्रतिवेदन प्रस्तुत गरिनेछ ।

सन् २०१६ मा पहिलोपटक एसडीजीलाई अघि ल्याएपछि नेपालले सन् २०१७ मा र दोस्रोपटक सन् २०२० मा उक्त रिपोर्ट यूएनमा प्रस्तुत गरेको थियो ।

यूएनको दिगो विकासका १७ लक्ष्यहरुबारे भीएनआरमा रहेको छ । यूएनले सदस्य मुलुकहरु र अन्य संघ संस्थाहरुसँग मिलेर सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरु प्राप्त गर्ने घोषणा गरेको थियो ।

‘अहिले यसको साढे ७ वर्ष भइसकेको छ । अर्थात् यो अब मध्य भागमा पुगेको छ । अहिलेसम्म १५ प्रतिशतमात्र सकारात्मक प्रगति भएको प्रतिवेदनहरुमा उल्लेख छ,’ भीएनआरबारे प्रस्तुति दिँदै त्रिभुवन विश्वविद्यालयका उप- प्राध्यापक चिरञ्जिवी भण्डारीले भने,‘यहि अवस्थामा अघि बढ्ने हो भने दिगो विकासको लक्ष्य प्राप्त गर्नको लागि अब थप ४३ वर्ष लाग्नेछ ।’

उनले भीएनआर रिपोर्टले शिक्षा क्षेत्रमा भइरहेका कामहरुको तथ्यगत रुपमा अनुसन्धान हुने र यसले नेपाल सरकारलाई पनि फाइदा पुग्ने प्रष्ट पारे । असर–नेपालका निर्देशक राजिव तिमिल्सिनाले एसडीजी चार अन्तर्गत रहेर शिक्षाको क्षेत्रमा आफ्नो संस्थाले अध्ययन र अनुसन्धान गरेको उल्लेख गरे । उनले ती अध्ययन र अनुसन्धानहरु नेपाल सरकारले आगामी सन् २०२४ को लागि बनाउन लागेको रिपोर्टलाई सहयोग पुर्‍याउने प्रष्ट पारे ।

प्रकाशित : मंसिर २२, २०८० १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×