कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

महिला हिंसा अन्त्यका लागि साझा पहल आवश्यक : मन्त्री आचार्य

काठमाडौँ — महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिला हिंसा अन्त्यका लागि सबै एकजुट भएर साझा पहल गर्न आवश्यक रहेको बताएका छन् । शुक्रवार सञ्चारिका समूहले गरेको कार्यक्रममा मन्त्री आचार्यले महिलामाथि हुने सबै प्रकारको विभेद र हिंसा अन्त्यका लागि समाजका सबै पक्षले पहल लिनुपर्ने भन्दै त्यसका लागि आह्वान गरे ।

महिला हिंसा अन्त्यका लागि साझा पहल आवश्यक : मन्त्री आचार्य

मन्त्री आचार्यले महिला हिंसा विरुद्धको अभियानमा पुरुषको पनि सहभागिता बढाउनुपर्ने बताए । उनले महिलालाई आर्थिक रुपमा सम्पन्न गराएरमात्रै उनीहरुमाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्ने अभियानलाई सफल बनाउन सकिने दाबी गरे ।

‘महिलामाथि हुने हिंसा र दूर्व्यवहार हटाउन हामीले यतिबेला ३ वटा कुरामा ध्यान दिनुपर्छ भन्ने मलाई लाग्दछ । पहिलो, संविधान र कानूनले जतिसुकै व्यवस्था गरेपनि समाजमा सचेतनाको अभाव भयो भने त्यसको पूर्ण कार्यान्वयन कठिन छ,’ उनले भने, ‘त्यही भएर महिला हिंसा विरुद्धको सचेतना कार्यक्रमलाई व्यापक बनाउन पनि जरुरी छ । दोस्रो, महिला पुरुष भनेको एउटा रथका दुई पांग्रा हुन् । ती मध्ये एकको अभावमा अर्को गुडन सम्भव रहँदैन । त्यही भएर महिलामाथि हुने हिंसाविरुद्धको अभियानमा पुरुषहरुको सहभागिता सुनिश्चत गर्दै लैजानुपर्छ भन्ने मेरो धारणा रहेको छ ।’

उनले महिला हिंसा अन्त्यका लागि महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउनुपर्ने बताए । ‘विभेद र दुर्व्यवहारको एउटा जड परनिर्भरता पनि हो । महिलाको परनिर्भरतालाई अन्त्य गरेर उनीहरुलाई आर्थिक उपार्जनका निम्ति सवल बनाउँदै महिला सशक्तिकरण गर्न जरुरी छ,’ उनले भने ।

प्रकाशित : मंसिर २२, २०८० १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×