कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एनसेल प्रकरणमा राज्यलाई घाटा हुनेगरी ठूलो आर्थिक चलखेल भएको छ : उपमहासचिव पुन 

काठमाडौँ — माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले एनसेल खरिद–बिक्री प्रकरणमा राज्यलाई ठूलो आर्थिक घाटा हुनेगरी चलखेल भएको दाबी गरेका छन् ।

एनसेल प्रकरणमा राज्यलाई घाटा हुनेगरी ठूलो आर्थिक चलखेल भएको छ : उपमहासचिव पुन 

शुक्रबार राजधानीमा आयोजित पार्टी सम्बद्ध औद्योगिक मजदुर शाखाको प्रशिक्षण कार्यक्रममा पुनले एनसेल प्रकरणबारे बोलेका हुन् ।

सरकारद्वारा गठिन उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेकाले सबै विषय अहिल्यै बाहिर ल्याउने नमिल्ने भन्दै उनले बदमाशी पुष्टि हुने आधार सरकारसँग रहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ले तदारुकताका साथ एनसेल प्रकरण छानबिन अघि बढाएको भन्दै तथ्य र प्रमाणका आधारमा राज्य ठगी गर्ने काममा संलग्न कोही पनि दोषी नउम्कने गरी कारबाही गरिने जनाए ।

‘सञ्चार माध्यममार्फत एनसेल प्रकरण सार्वजनिक हुँदा प्रधानमन्त्री कोप–२८ को सिलसिलामा देशबाहिर हुनुहुन्थ्यो । आउने बित्तिकै सत्तारुढ गठबन्धनका शीर्ष नेताो बैठक बोलाएर छानबिन गर्नेमा सहमत गराउनुभयो । भोलिपल्टै मन्त्तिपरिषदले उच्चस्तरीय समिति बनाएर छानबिन अघि बढाएको छ’, उनले भने, ‘यो तहको राज्यविरुद्धको अपराध र ठगीमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन । सिंगो पार्टी र जनता माफियाकरणविरुद्धको अभियानमा सरकारको साथमा छ ।’

पुनले एनसेल प्रकरणमा कर छली गरी राज्यलाई ठगी तथा देशविरुद्धको काम गरिएको प्रथम दृष्टिमै प्रष्ट हुने गरी तथ्यहरु बाहिरिएको स्पष्ट गरे ।

सरकारले सुशासनसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी विकास निर्माणका कामलाई तीव्र गतिमा बढाउने विषयलाई प्राथमिकतामा राखेको पुनले बताए ।

प्रकाशित : मंसिर २२, २०८० १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×