कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

सार्क चार्टर डेमा क्षेत्रीय सहकार्यमा जोड

काठमाडौँ — दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य मुलुकहरुले क्षेत्रीय सहकार्यमा जोड दिदै ३९ औं सार्क चार्टर डेमा सन्देश पठाएका छन् । आफगानिस्तान बाहेक अन्य मुलुकहरुका सरकार र राज्य प्रमुखहरुले क्षेत्रीय सहकार्यमा जोड दिदै सन्देश पठाएका हुन् । क्षेत्रीय सहकार्यको लागि जोड दिनेमा अध्यक्ष राष्ट्र नेपालसहित भारत, पाकिस्तान, माल्दिभ्स, भुटान, श्रीलंका र बंगलादेश छन् ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले सन्देश पठाएका थिए भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन्देश पठाए । पाकिस्तानको तर्फबाट प्रधानमन्त्री अन्वर–उल–हक ककारले सन्देश पठाएका थिए ।

सार्कको चार्टर सन् १९८५ को डिसेम्बर ८ मा बनेको थियो । साथै, नेपाल, माल्दिभ्स र श्रीलंकाका भने परराष्ट्रमन्त्रीहरुले पनि सन्देश पठाए । सार्कका महासचिव मोहम्द गोलाम सरवारले डिसेम्बर ८ लाई सार्कलाई ऐतिहासिक दिन भएको उल्लेख गरे ।

प्रकाशित : मंसिर २२, २०८० २२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×