कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एनसेल खरिद-बिक्री छानबिन गर्न राप्रपाको माग

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको खरिद-बिक्रीबारे छानबिन गर्ने माग गरेको छ । खरिद- बिक्रीका विवरणहरु पनि सार्वजनिक गर्ने राप्रपाले माग गरेको छ ।

एनसेल खरिद-बिक्री छानबिन गर्न राप्रपाको माग

राप्रपाका प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै प्रचलित कानुन बमोजिमको प्रक्रिया अबलम्बन गर्नुपर्ने उल्लेख गरेका छन् ।

'एनसेल शेयर बिक्रीमा अर्बौँ रकम कर छल्ने, नेपाल सरकारको स्वामित्वमा आउनबाट रोक्ने तथा प्रचलित दूरसञ्चार क़ानुन विपरीत हुने गरी शेयर खरीद बिक्री भएको सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित समाचारहरुप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ। यसअघि पनि यस्तै प्रकरणमा कर छली भएको मुद्दा अदालतमा विचाराधीन नै छ । पुनः सोही प्रकारको विषय चर्चामा आएको छ' प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा छ,' यसमा नेपाल सरकारको प्रचलित कानून बमोजिमको प्रकृया अवलम्बन गर्न, नेपालमा वैदेशिक लगानीलाई दुरुत्साहन नहुने गरी भ्रष्टाचारजन्य कामकारबाही हुन नदिन पूर्व सावधानीका साथ यथार्थ विवरण अविलम्ब सार्वजनिक गर्न साथै सत्यतथ्य छानबिन गर्न राप्रपा सरकारसँग माग गर्दछ।'

प्रकाशित : मंसिर १९, २०८० १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×