कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बारेकोटको व्यथा : भूकम्पमा सबै सकुशल, त्रिपालको बसाइपछि १२ को मृत्यु

जाजरकोट — गत कातिक १७ गते मध्यराति गएको भूकम्पको केन्द्रविन्दु बारेकोटको रामीडाँडा थियो । जाजरकोटका अन्य स्थान, रुकुम पश्चिम, सल्यान लगायतमा गरी डेढसय भन्दा बढीको ज्यान गयो । तर इपिसेन्टर बारेकोटमा कसैको हातहती भएन । ४ जना घाइते मात्र थिए । उनीहरू पनि उपचारपछि घर फर्के । घर भत्केपछि स्थानीय सबैको बास त्रिपालमुनि हुन थाल्यो । त्रिपालमा बस्न थालेपछि भने बारेकोटमा व्यथा बढेको छ । यो एक महिनामा मात्र त्रिपालमा बस्दा चिसो लागेर बारेकोटमा मात्रै १२ जनाको मृत्यु भएको छ ।

बारेकोटको व्यथा : भूकम्पमा सबै सकुशल, त्रिपालको बसाइपछि १२ को मृत्यु

भूकम्पले घरमा क्षति भएपछि त्रिपालमा बस्दै आएकाहरूको चिसोका कारण मृत्यु भएको गाउँपालिका प्रमुख वीरबहादुर गिरीले जानकारी दिए ।

बारेकोट उच्च भेगको तापक्रम एक डिग्री सेल्सियसमा झरिसकाले पीडितको अवस्था झन् कठिन भएको उनले बताए । ‘सोमबार यो क्षेत्रमा पानी परेको छ । माथिल्लो भेगमा हिउँ समेत परेको छ,’ उनले भने, ‘त्रिपालमा बस्दै आएकाहरूलाई झन् जोखिम बढेको छ ।’ उनले बारेकोटमा अपेक्षित रुपमा टेन्ट र तातो लुगा लिएर राहत दिन आउने दाताको कमी भएको उनले बताए ।

‘भौगोलिक रुपमा अलि टाढा भएकाले अपेक्षित रुपमा अति आवश्यक राहतको कमी छ,’ उनले भने, ‘त्रिपालमुनि बस्दै अएका वृद्धवृद्धा र बालबालिकालाई तातो लुगाको खाँचो छ ।’

प्रमुख गिरीले पालिकामा चिसोका बिरामी बढ्दै गएकाले दम र दीर्घरोगीलाई बढी जोखिम भएको बताए । ‘हामीले स्रोतले भ्याएसम्म चिसोबाट जोगाउने प्रयास गरिरहेका छौं,’ उनले भने ।

चिसोका कारण मृत्यु हुनेहरूमा बारेकोट बयालाका कर्णे कामी, जिरीका नरेन्द्रबहादुर सिंह, ताँसीका वीरबहादुर कामी, पुनगाउँका इमे पुन, र दलितआगरका कमल सिंह, सेपुखोलाका ऐवान कामी, छुमाका डिल्लीबहादुर चलाउने, सुवाकोटका भीमबहादुर परियार छन् । त्यस्तै धौलाकोटकी मन्दरी कामी, करुकाकी कल्दरी थापा र बयालाकी मनबुजा महतारा रहेको गाउँपालिकाले जनाएको छ ।

बारेकाटेको माथिल्लो क्षेत्रमा हिउँ पर्न थालेकाले चिसो झन् बढेको छ । भूकम्पपीडितलाई अस्थायी टहरा सार्न अझै केही समय लाग्ने गाउँपालिकाले जनाएको छ । हालसम्म जाजरकोट र रुकुमपश्चिममा गरी दुई दर्जनको मृत्यु भइसकेको छ ।

मृतकको सूची

प्रकाशित : मंसिर १८, २०८० १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×