कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

जेनिथ, रेडियन्ट र जेसिसलाई बास्केटबल उपाधि

काठमाडौँ — जेनिथ, आयोजक रेडियन्ट पब्लिक र जेसिसले नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

जेनिथ, रेडियन्ट र जेसिसलाई बास्केटबल उपाधि

आइतबार जेनिथ सिनियर ब्वाइज, रेडियन्ट जुनियर ब्वाइज र जेसिस सिनियर गर्ल्समा विजेता बनेका हुन् । सिनियर ब्वाइज फाइनलमा जेनिथले आयोजक रेडियन्टलाई ५८–४५ स्कोरले पराजित गर्‍यो । जेनिथका प्रज्ज्वल बस्नेतले २३ स्कोर गरे ।

जुनियरको फाइनलमा विधान कार्कीको १२ स्कोरमा रेडियन्टले ग्रिनफिल्डलाई २०–१९ ले हरायो ।

आयोजक रेडियन्टको कोर्टमा सम्पन्न गर्ल्स फाइनलमा जेसिसले रिब्समाथि १८–१३ को जित दर्ता गर्‍यो । जेसिसकी कृति मोक्तानले ७ स्कोर गरिन् । फाइनलका सर्वाधिक स्कोरकर्ता प्रज्ज्वल, विधान र कृति आ–आफ्नो विधामा मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । सिनियर ब्वाइजमा एनआईसी एकेडेमी, जुनियरमा ओरेकल रे र गर्ल्समा काठमाडौं भ्याली स्कुलले फेयर प्ले जिते ।

विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष प्रेमकुमार राई, रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसी,संयोजक दिलीप कार्कीलगायतले पुरस्कृत गरे ।

प्रकाशित : मंसिर १७, २०८० २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×