कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अधिवेशन जेठमा हुने

काठमाडौँ — नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको पहिलो महाधिवेशन आगामी जेठ अन्तिम साता काठमाडौंमा हुने भएको छ । शनिबार कांग्रेस केन्द्रीय कार्यालयमा बसेको महासंघको बैठकले महासंघको पहिलो महाधिवेशन आगामी जेठ जेठ २६, २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अधिवेशन जेठमा हुने

बैठकले महाधिवेशनका लागि 'संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन' भन्ने नारासमेत तय गरेको छ । केन्द्रीय महाधिवेशनअघि वडादेखि प्रदेशसम्मको महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका तय भएको महासंघका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए ।

सोअनुसार ७७ वटै जिल्लामा जिल्ला अधिवेशन तयारी बैठक मंसिर ३० गते हुनेछ । त्यसपछि पुस २१ गते वडा अधिवेशन गर्दै महाधिवेशनको प्रक्रिया अघि बढ्नेछ ।

त्यस्तै, माघ ६ गते पालिका अधिवेशन, माघ २१ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र फागुन १९ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका तय भएको छ । महासंघले महाधिवेशनको प्रक्रिया अघि बढाउन ७७ वटै जिल्लामा प्रतिनिधिहरु खटाउने निर्णय समेत गरेको अध्यक्ष मगरले जानकारी दिए । बैठकले केन्द्रीय अध्यक्ष घर्तीमगरको संयोजकत्वमा १०१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ ।

संगठनलाई विस्तार र प्रशिक्षित गर्न केन्द्रीय सदस्य जगत बराम (गोरखा) लाई महासंघको विधान बमोजिम संगठन तथा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ । बैठकले अधिवक्ता राम्जी कोङरेनको संयोजकत्वमा जगत बराम र दिनेश थापामगर सदस्य रहेको नियमावली मस्यौदा समितिले प्रस्तुत गरेको महासंघको नियमावली २०८० संशोधन सहित पारित गरेको छ ।

महासंघको विधानबमोजिम बैठकले सन्तबहादुर चेपाङ (मकवानपुर) को अध्यक्षतामा नेपाल लोकतन्त्रवादी चेपाङ संघ, इन्द्रजित छन्त्याल (म्याग्दी) को अध्यक्षतामा नेपाल लोकतन्त्रवादी छन्त्याल संघ र नरजंग दुरा (लमजुङ) को अध्यक्षतामा नेपाल लोकतन्त्रवादी दुरा संघ गठन गर्ने निर्णय गरेको छ ।

प्रकाशित : मंसिर १६, २०८० १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?