कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

पत्रकार महासंघ र कान्तिपुरबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौँ — नेपाल पत्रकार महासंघ र कान्तिपुर मिडिया ग्रुपबीच ४ बुँदे सहमति भएको छ । सहमतिसँगै महासंघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । महासंघका अध्यक्ष विपुल पोखरेल र कान्तिपुर मिडिया ग्रुपको तर्फबाट ग्रुप चिफ अफ स्टाफ शिशिर पछाईले सहमतिमा हस्ताक्षर गरेका छन् ।

पत्रकार महासंघ र कान्तिपुरबीच सहमति, आन्दोलन फिर्ता

मिडिया ग्रुपमा कार्यरत सबै पत्रकार तथा कर्मचारीलाई विद्यमान कान'नी व्यवस्था अनुसार पारिश्रमिक लगायतका सेवा सुविधा प्रदान गर्ने, यस अघि गरिएका सरुवा, अवकास र स्पष्टीकरण फिर्ता लिने, पत्रकारहरूलाई कार्यसम्पादनको वातावरण तयार गरिने, प्रतिष्ठानले आवश्यक ठानेमा पत्रकार तथा कर्मचारी कटौती विद्यमान कानुनी प्रक्रियाअनुसार गर्ने, रोकिएको पारिश्रमिक यथाशीघ्र दिइने र महासंघले घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमतिमा उल्लेख छ ।

सहमति लगत्तै महासंघले विज्ञप्ति जारीगरी कान्तिपुर मिडिया ग्रुप केन्द्रित राखेका आन्दोलन तथा संघर्षका कार्यक्रमहरु फिर्ताको घोषणा गरेको छ ।

‘श्रम अधिकार सम्बन्धी प्रचलित कानुन र आन्दोलनको जगमा सम्झौताको विन्दुमा पुगेको सम्बन्धित सबैमा जानकारी गराईन्छ,’ महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कामलाई निरन्तरता दिन चाहने पत्रकारहरुलाई सहज काम गर्ने वातावरण निर्माण र स्वेच्छिक अवकाशमा जान चाहनेहरुलाई कानुनअनुसार पाउने सेवा सुविधालाई सुनिश्चित गरिएको छ ।’ साथै श्रमजीवि पत्रकारका सम्बन्धमा सबै किसिमका काम कारबाही प्रचलित कानुनबमोजिम मात्र गर्ने सम्झौता भएको महासंघले जनाएको छ । ‘यो सम्झौतासँगै महासंघका घोषित संघर्षका कार्यक्रम स्थगन गरिएको छ,’ महासंघको विज्ञप्तिमा छ ।

प्रकाशित : मंसिर १५, २०८० १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?